
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
काठमाडौं। सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दवाब मूलक बृहत सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चार जना पीडितहरुले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रो पटकको आन्दोलन सुरु गरेको १०१ दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत आन्दोलन गर्ने बताए । सहकारी पीडितहरु १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुई पटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको बताए । अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रो पटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए ।
तत्कालीन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब उनले तत्काल राजीनामा दिनुपर्ने बताए । मन्त्री अधिकारीलाई पदमा बस्ने नैतिकता नरहेको उनको भनाइ छ । उनले आगामी भदौ १६ गतेबाट सहकारी पीडितहरुले बृहत आन्दोलन गर्ने बताए ।
‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । बलराम अधिकारीज्यूले आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नसक्ने ल्याकत राख्नुहुन्न भने, उहाँले हामीलाई भ्रममा राख्न सम्झौता गर्नुभयो, नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ । अब हामी सहेर बस्न सक्दैनौं,’– उनले भने ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले सरकारले सहकारी पीडितलाई न्याय नदिएसम्म अब चुप लागेर बस्न नहुने बताए । पीडितहरुको आवाज सरकारले नसुनेको उनले बताए । अहिले देशमा सबैभन्दा ठूलो पीडा सहकारी पीडितहरुको रहेको उनले बताए ।
‘अहिले देशमा सबैभन्दा ठूलो पीडा सहकारी पीडितहरुको छ । उनीहरुको घरबार छैन आज, कमाएर संकलन गरेको पैसा ठगहरुले खाए, सम्पत्ति जोडे, आलिसान महल बनाएर बसे । अब त्यस्तालाई राज्यले छोड्न हुँदैन । गृहमन्त्री रमेश लेखकलाई मेरो आग्रह छ– तपाईँको अग्निपरीक्षा सुरु भयो । तपाईँले सहकारी पीडितलाई न्याय दिने हो भने पहिला सहकारी ठगहरुलाई पक्रिएर जेलमा कोच्नुस् । ठगहरुको सम्पत्ति राष्ट्रियकरण गरेर पीडितहरुलाई पैसा फिर्ता दिनुस्,’– उनले भने ।
नेपाल प्रहरीको पूर्व आइजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए । उनले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताए । नागरिकहरुलाई उपचार गर्न सक्ने अवस्थामा मार्ने र ठगहरु महँगा गाडी चढेर हिँड्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताए । ‘यत्रा जनतालाई पीडित बनाएर यी राष्ट्रिय ठगहरुलाई किन कारबाही गर्न सक्दैन ? म अचम्मित भएको छु । यिनीहरुलाई हत्कडी लगाएर भित्र कोचेर यिनको सम्पत्ति जफत गरेर किन उपचार गर्न पैसा दिन सकिँदैन ?’ उनले प्रश्न गरे ।
सहकारी पीडितहरुको संरक्षण गर्न भनेर बसेकाहरु निमम्मा भएको बताए । सहकारी ठगहरुलाई पक्राउ गरेर जेलमा कोच्न समितिको प्रतिवेदन कुर्न आवश्यक नरहेको बताए । उनले सहकारी पीडितहरु जुर्मुराइसकेको बताउँदै मन्त्री अधिकारीलाई सम्झौता तत्काल कार्यान्वयन गर्न सुझाव दिए ।
कान्ति भैरव सहकारी पीडितका संयोजक शुवास श्रेष्ठले सो सहकारीमा बचत गरेर पीडित बनेको अमुतकुमार चक्रवतीले हिजो बिहान २ बजेतिर झुण्डिएर आत्महत्या गरेको बताए । सहकारीले बचत फिर्ता नदिएकै कारण चक्रवती डिप्रेसनमा गएको र अन्ततः आत्महत्याको बाटो रोजेको बताए ।
अब आफूहरु सडक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उनले बताए । सरकारले आफूहरुको पीडामा अभिभावकत्व निर्वाह गर्न नसकेको उनले बताए । अब सरकारलाई च्यालेन्ज गरेर अगाडि बढ्ने उनको चेतावनी छ । ‘हाम्रो ९५ दिनसम्मको रिलेअनशन सरकारले बेवास्ता गर्यो । अब हामी सरकारलाई च्यालेन्ज गरेर उत्रिने अवस्थामा पुगेका छौं । हामीलाई अहिलेसम्म सरकारले केही दिएन । सरकारका प्रतिनिधि हाम्रो अनशनमा आएन । हामी ज्यान दिन तयार भएर उत्रिँदैछौं,’– उनले भने ।
महासंघका कोषाध्यक्ष देवकुमार श्रेष्ठले सहकारी ठगी प्रकरणमा गहन अनुसन्धान गरेर कारबाही गर्ने हो भने ५०÷६० जना सांसदहरुको पद जाने अवस्था रहेको बताए । उनले सहकारीका सञ्चालकले भन्दा पनि नेताहरुले सहकारीको पैसा अपचलन गरेको आरोप लगाए । ‘सहकारी सञ्चालक भनेका पात्रमात्रै हुन् । सहकारीको पैसा खाने भनेका यी सिंहदरबारका नेताहरु रहेछन् भन्ने प्रष्ट हुन्छ । बंगलादेशमा त्यहाँका सत्तापक्षलाई जसरी लखेटियो, त्यो भन्दा पनि डरलाग्दो तरिकाले हामी सहकारी पीडित एक जुट भएर हामी सहकारी पीडित, भ्रष्टहरुलाई निश्काशन गर्नेछौं,’– उनले भने ।
किसान सहकारीबाट पीडित बनेकी बचतकर्ता दादृबाबा बज्राचार्य स्थापितले आफूले पैसा नभएर उपचार गर्न नसक्दा श्रीमानको मृत्यु भएको बताईनु् । सो सहकारीमा आफ्नो एक करोड ३६ लाख रुपैयाँ बचत रहेको बताईन् । त्यतिधेरै पैसा हुँदा पनि आफूले श्रीमानको उपचार गर्न नसकेको सुनाईन् । आफू पनि क्यान्सरको विरामी रहेको बताउँदै अब पैसा नभए मर्नुको विकल्प नरहेको बताईन् ।
लालीगुँरास सहकारीबाट पीडित भएकाहरुको संयोजक जगन्नाथ सापकोटाले उपचार गर्ने २०÷२५ हजार रुपैयाँ पैसासमेत नपाएर धेरै बचतकर्ता प्रभावित भएको बताए । लालीगुँरास सहकारीबाट १० हजारभन्दा बढी बचतकर्ता पीडित भएको उनले बताए । बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउनका लागि आब आन्दोलन गर्नुको विकल्पन रहेको बताए । ‘अब आन्दोलनको विकल्प छैन । विरोध प्रदर्शन गरेको जस्तो गरेर, राजनीतिक दलसँग रोएर विकल्प छैन । ठूलो आन्दोलन गर्नका लागि तयार हुनुस्,’– उनले भने ।
पूर्व सुरक्षाकर्मी परिषद्का प्रवक्ता हेमशंकर गिरीले राज्यको स्पष्ट निर्देशन र नीति नियम नभएर, राज्यले अनुगमन गर्न नसकेर सहकारी डुबेको बताए । सरकारको कमजोरीपछि धेरै बचतकर्ताहरु पीडित बन्नुपरेको उनले बताए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया