SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२ गते
    ३०० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो ।

    अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ ।

    ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले पोखराको फरक पहिचान बोक्छ’, प्रबन्ध निर्देशक थापाले, ‘यसले ग्राहकलाई फरक खालको अनुभूति दिने छ । मुलुकका विभिन्न ठाउँमा खुलेका सपिङ मलमा सपिङ गर्न तथा खाना पाइने हुन्छ तर यसमा होटल पनि रहनेछ । पर्यटकले यस भवनबाट सबैथोकको सुविधा पाउने छन् । यसमा सपिङ्गदेखि होटल सम्मको सेवा उपलब्ध हुनेछ ।’

    अंशुभरा ३१ औँ वर्षको यात्रामा प्रवेश गरेकाले यसलाई ३१ एभिन्यु नामकरण गरिएको उनले जानकारी दिए । भवनमा बीस कोठासहितको फरक प्रकृतिको होटलसमेत सञ्चालनमा ल्याइने छ । उनका अनुसार तीनवटा रेष्टुरेण्ट र एउटा बार रहने छ । पाँच वटा रिटेल पसल हुनेछन् । विभिन्न ब्राण्डका लुगा पसल, ह्यान्डिक्राफ्ट र क्याफे सञ्चालनमा ल्याइने छ । जग्गासहितको ६० करोडको लगानीमा उक्त भवन सञ्चालन हुन लागेको उनले जानकारी दिए । अंशुभराले यसअघि पोखरामा नेपालको सबैभन्दा ठूलो ’पोखरा ट्रेड मल’ सञ्चालनमा ल्याइसकेको थापाले दाबी गरे । जुन मलमा ५ सय २५ वटा पसलहरू सञ्चालनमा रहेका छन् ।

    यसअघि लेकसाइडमा अंशुभरा ग्रुपले ‘अंशुभरा स्क्वायर’ व्यावसायिक मल सञ्चालनमा ल्याइसकेको छ । यस अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् ।

    नेपालमा नै रोजगारीको सिर्जना गर्दै विदेश पलायन हुनबाट युवालाई रोक्ने चाहना सौगातको छ । समयसापेक्ष व्यवसायिक लगानीमा उनी विश्वास गर्छन् । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय बजारीकरणमा समेत अंशुभराको प्रचारप्रसारमा उक्त प्रोजेक्ट मार्फत सहयोग पुग्ने विश्वास उनको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै यहाँ बन्ने व्यवसायिक संरचना पनि पर्यटनमैत्री नै बन्नुपर्ने ध्येयका साथ लगानी गरिएको उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं