
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्बत,तिलाहार । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास नियमावली २०७८ र नेपाल ह्याण्डबल संघको विधानअनुसार प्रत्येक जिल्लामा तीन पालिका खेल संघहरु गठन गर्ने व्यवस्था भए बमोजिम पर्वत जिल्ला ह्याण्डबल संघले ह्याण्डबल खेलको विकासका लागि विभिन्न पालिकाहरुमा ह्याण्डबल संघ गठन गर्नुपर्ने आवश्यकता महशुष गरी जिल्लाको मोदी गाउँपालिकामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको हो । आज मोदी गाउँपालिकाको तिलाहारस्थित कर्भडहलमा आयोजित ह्याण्डबल खेलमा इच्छुक खेलाडीहरुको भेलाले समिर मल्लको अध्यक्षतामा पालिका समिति चयन गरेको थियो । नवगठित नगर समितिको उपाध्यक्ष विनोद सेन्चुरी, सचिव प्रकाश सुवेदी, कोषाध्यक्ष ओम बहादुर सुनार र सदस्यहरुमा क्रमशः विमल लामिछाने, निर्दोश लामिछाने, सकमान श्रेष्ठ, प्रिती विश्वकर्मा र सञ्चिता क्षेत्री रहनुभएको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको भेलामा ह्याण्डबल खेलको बारेमा जिल्ला ह्याण्डबल संघका अध्यक्ष तथा प्रदेश ह्याण्डबल संघ गण्डकीका महासचिव राजेन्द्र पहाडीले जानकारी गराउँदै नवगठित पालिका समितिका पदाधिकारीहरुलाई जिल्ला संघको तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो ।

यसैगरी मोदी गाउँपालिका उपाध्यक्ष विमल लामिछानेले आफू पनि ब्याडमिन्टनको खेलाडी भएकाले मोदी गाउँपालिकामा ह्याण्डबल खेलको प्रवद्र्धनमा विशेष ध्यान दिने जानकारी गराउँदै निटक समयमा नै पालिका ह्याण्डबल संघसँग समन्वय गरेर ह्याण्डबल खेलका लागि आवश्यक बल, नेट तथा अन्य सामग्रीको प्रबन्ध गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलका लागि अनुशासन अति नै जरुरी भएकाले नवगठित पालिका ह्याण्डबल संघमा आबद्ध युवाहरु अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मोदी गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत दिनेश शर्माले स्वास्थ्यका लागि खेल, राष्टका लागि खेल भन्ने नारालाई सार्थक बनाउन ह्याण्डबल खेलाडीहरुले लगनका साथ आफ्नो खेलमा लागिरहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जिल्ला ह्याण्डबल संघ पर्वतका सचिव रमेश श्रेष्ठको समग्र सहजीकरणमा सम्पन्न भएको भेलाका सहभागीहरुले मोदी गाउँपालिकामा पनि ह्याण्डबल खेलको विकास गर्न विद्यालयस्तरबाट नै प्रशिक्षण तथा खेलका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । जिल्ला ह्याण्डबल संघले यस अघि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन गर्ने कार्यक्रम सम्पन्न गरिसकेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी दिनुभएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया