SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२८ गते
    २६७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पर्बत जिल्ला विरुद्ध ४-० को जित निकाल्दै बागलुङ जिल्ला सेमिफाइनलमा प्रबेश गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको निकै रोमान्चक खेलमा पर्बत जिल्लालाई पाखा लगाउदै बागलुङ जिल्ला सेमिफाइनलमा पुग्न सफल भयो ।

    पहिलो हाफमा निकै लयमा खेलेर गोलरहित बराबरीमा खेलेको पर्बत दोस्रो हापमा भने आफ्नो लय गुमाउदै चार गोल खायो । बागलुङ जिल्लाको जितमा आयूष खड्काले खेलको दोस्रोहाप ४६, ४९ र ७८ औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने निश्चल महतले ७१ औँ मिनेटमा चौथो गोल थपे पछि बागलुङले सहज निकालेको हो ।

    अब बाग्लुंग ले सेमिफाइनलमा तनहुँको सामना गर्ने छ भने प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री पाठकबाट पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को शुभारम्भ (फोटो फिचर)

    पर्वत । जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा आज बाट पर्वत अस्पताल कुश्मामा सुरु गरिएको छ।पर्वत जिल्ला...

    पुस २५ बाट कुश्मामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु हुने,नारायण मा.वि.ले यस वर्ष पनि जिते ५ लाख पाउने

    पर्वत । स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड...

    पोखरामा घन्किदै बर्तिका एम राई र युगल गुरुङ

    पोखरा । पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका...

    न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड

    पोखरा।सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार...

    संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं