SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२ गते
    ५१४ &#२३४६;&#२३३५;&#२३२५;

    क्यालीफोर्निया ।
    एन आर एन ए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल फाइनलको अत्यन्त रोमान्चक खेल टेक्ससको टोलीले जितेको छ ।
    सानफ्रन्सिस्कोमा भर्खरै सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो ।

    यो संगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ ।
    अन्तिम खेलमा १५-१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो ।
    बेस्ट अफ फाईवको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जित सहित दुबै टोली बराबरको स्थितिमा थिए ।

    खेलको उपबिजेताकालागि ७ हजार डलर पुरस्कार राखिएको छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीकालागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो ।

    विजेता – उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक टोलीले धन्यवाद ज्ञापन गरेको छ ।

    स्मरण रहोस् – एनआरएनए क्यालिफोर्निया च्याप्टरले नेपाली नयां बर्षको उपलक्ष्यमा भोली आइतबार सानफ्रान्सिस्कोमा नेपाल डे परेडसहितको बृहत कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रम सफल पार्न देश बिदेशबाट पाहुनाहरु आईसकेको आयोजक हरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं