SuchanaKendra

  • Radio Kushum


  • तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगितामा पोखरा भेट्रान्स र कुश्मा नगरपालिका भेट्रान्स फाईनलमा पुगेका छन | फाईनल भोली बिहान ९:३० बजे हुनेछ |

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१९ गते
    ७१६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सव कुश्मा संचालन गरेको छ । फागुन  १५ गतेदेखि २६ गतेसम्म संचालन हुने महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता भोली अर्थात् फागुन २० गते बाट शुरु हुनेछ भने त्यो भन्दा अगाडी खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिता र खुल्ला महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

    १६ टिम सहभागी पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगितामा पोखरा भेट्रान्स र कुश्मा नगरपालिका भू.पु फाईनलमा पुगेका छन । खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिताको बिजेतालाई ७७,७७७/(सतहत्तर हजार सात सय सतहत्तर, सिल्ड मेडल र प्रमाणपत्र) र उपविजेतालाई (४४,४४४/ चौवालिस हजार चारसय चौवालिस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ भने फाईनल भोली बिहान ९ बजे हुनेछ |

     

    त्यस्तै महोत्सवको आज पाचौं दिन खुल्ला महिला भलिबल शुरु भएको छ । जम्मा ५ टिम सहभागी महिला भलिबलको पहिलो खेल आज पुन क्लब निलो र पुन ट्रेनिंग सेन्टर बीच हुनेछ भने दोश्रो खेल पर्बत कुश्मा र इबोल साईन बीच हुनेछ भने पुन क्लब सेतोले बाई पाएको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    खेल संयोजक पुनका अनुसार खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख २ हजार २२२ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र, दोश्रो हुनेलाई १ लाख १ हजार १११ रुपैयाँ नगद मेडल र प्रमाण पत्र तथा तृतीय हुनेलाई ५० हजार १११ रुपैयाँ नगद मेडल र प्रमाण पत्र रहेको पनि जानकारी गराउनु भयो।त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई ५५ हजार ५५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र, दोश्रो हुनेलाई ३३ हजार ३३३ रुपैयाँ नगद मेडल र प्रमाण पत्र प्रदान गरिने छ । महिला भलिवल प्रतियोगितामा खुल्ला रहने छ । साथै प्रतियोगितामा आठौँ र नवौं राष्ट्रिय खेल खेलेका खेलाडी भएमा १ जना मात्र समावेश गर्न पाईने खेल संयोजक पुनले बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं