
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । काठमाडौं महानगरपालिकामा ‘रेकर्ड होल्डर’ सहसचिव प्रदीप परियारले बुधबार पदबहाली गरे । ३४ वर्षीय सहसचिव परियारले मुलुकको राजधानी सहरको प्रशासनिक नेतृत्व सम्हालेसँगै काठमाडौं ३५ वर्षमुनिका युवाको पूर्ण नेतृत्वमा गएको छ ।महानगर मेयर बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल दुवै ३५ वर्षभन्दा कम उमेरका भए पनि प्रमुख प्रशासकीय अधिकृत पाका उमेरका आउने गरेका थिए । तर, परियार आएपछि महानगरमा जनप्रतिनिधि र प्रशासनिक नेतृत्व युवा भएको हो ।३२ वर्षकै उमेरमा खुलातर्फबाट सहसचिव नाम निकालेका परियार सबैभन्दा कान्छा सहसचिव बन्ने रेकर्ड होल्डर हुन् । २०४६ वैशाखमा जन्मिएका परियार ८ चैत २०७८ मा सहसचिव सिफारिस भएका थिए । ३ माघको मन्त्रिपरिषद् निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट महानगर सरुवा भएका हुन् ।
२०६९ सालमा नायब सुब्बाबाट निजामती सेवा प्रवेश गरेका परियार २०७० मा शाखा अधिकृत र २०७८ मा सहसचिव पदमा नाम निकालेका थिए ।परियारले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरिसकेका छन् ।अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका परियारले पहिलोपल्ट स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । आयुर्वेदिक चिकित्सक पिता रामनारायण साह र माता ध्रुवदेवी साहका कान्छा छोरा बालेन १४ वैशाख २०४७ मा जन्मेका हुन् ।
आधुनिक संगीतमा ‘र्याप ब्याटल’ बाट चर्चामा आएका बालेन स्ट्रक्चरल इन्जिनियर हुन् । स्वतन्त्रबाट निर्वाचित बालेनले राजनीतिक दलहरूलाई बेलाबेला कटाक्ष गर्दै आएका छन् ।घरको नक्सा विपरीत बेसमेन्टमा भइरहेको व्यापार हटाएर पार्किङ खुलाउन पहिलोचोटि डोजरसहित आफैं मैदानमा आएपछि बालेन थप चर्चित भएका थिए ।मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह जनप्रतिनिधि र कर्मचारीको नेतृत्व उस्तै उमेर हुँदा ‘टिम स्पिरिट’ मिल्न सक्ने बताउँछन् ।‘मेयरज्यू र अहिले आउनुभएका हाकिम सा’ब (प्रदीप परियार) को हुटहुटी त उस्तै देखिन्छ । अब सँगै काम गरेपछि अरू कुरा थाहा हुन्छ,’ उनी भन्छन् ।
त्यसैगरी महानगर उपमेयर सुनिता डंगोल पनि उमेरले ३० मात्रै भइन् । ५ जेठ २०५० मा बुबा सतु डंगोल र आमा संगीता डंगोलका छोरी सुनिता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीका गठबन्धन उम्मेदवारलाई दोब्बरभन्दा धेरै मतले पराजित गरी उपमेयर निर्वाचित भएकी थिइन् ।नेवाः सम्पदा र भाषा संरक्षण अभियन्ता रहेकी डंगोल युवाले राजनीतिमा हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै आएकी छिन् । नेकपा एमालेबाट निर्वाचित भए पनि डंगोल र बालेनबीचको सम्बन्धमा देखिने गरी कुनै पनि विवाद भएको छैन ।
‘उमेर मिलेजस्तै टिमवर्क हुनुपर्छ’
सरकारका पूर्वसचिव केदार अधिकारी युवामा हुने ऊर्जा र समयले सेवा प्रवाहमा प्रभाव पार्ने बताउँछन् । प्रशासनिक नेतृत्वमा भएका युवाले समय निकाल्न सक्छन, ऊर्जा पनि हुन्छ,’ उनी भन्छन्, ‘सोहीअनुसार टिम भएपछि काम त राम्रो हुने नै भयो नि !’
अधिकारी राजनीतिक र प्रशासनिक नेतृत्वमा युवा हुँदा जोशसँगै होश पनि उत्तिकै हुनुपर्ने बताउँछन् ।‘प्रचलित कानुन, नियमका कुरामा ध्यान पनि दिनुपर्छ,’ उनी भन्छन्, ‘विषयहरूमा छलफल पनि गर्नुपर्छ, उमेरजस्तै सोच पनि मिलेर काम हुने हो भने सेवाप्रवाहमा जनताले नै महसुस गर्छन् ।’उनका अनुसार युवाले निर्णय गर्न नडराउने, छलफल र संवादमा चासो दिन्छन् । ‘युवा रिस्क लिन डराउँदैनन्, निर्णय लिएर काम गरिहालौं भन्ने पनि हुन्छन् तर त्यसका लागि लक्ष्य निर्धारण गर्नुपर्छ,’ अधिकारी थप्छन्, ‘योजना तयार पार्दा स्रोत, कानुनी व्यवस्था र त्यसको फाइदा हेर्नुपर्छ । अनुभव नहुँदा यस्तो समस्या हुन पनि सक्छ । यसका लागि युवाले पर्याप्त छलफल पनि गरे राम्रो हुन्थ्यो ।’
कुनै समय ४५ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतसमेत भएका पूर्वसचिव अधिकारी काठमाडौंका मुख्य समस्यामा युवा नेतृत्वले नै काम गर्नुपर्ने बताउँछन् ।‘काठमाडौं महानगरमा फोहोर, सवारी पार्किङ, ट्राफिक, फुटपाथलगायत मुख्य चुनौती छ,’ उनी भन्छन्, ‘मुख्य चुनौती पन्छाएर सजिलो काम मात्रै गर्ने भए युवा भनेर मात्रै हुँदैन, रिजल्टमा देखिनुपर्छ ।’प्रशासनिक नेतृत्वलाई राजनीतिक नेतृत्वले कत्तिको सहज बनाउँछ र प्रशासनिक नेतृत्व मेयर, उपमेयरसहित कार्यपालिकालाई कसरी मनाएर काम गर्न सक्छ भन्ने महत्वपूर्ण हुने अधिकारीको तर्क छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया