News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    धेरैजसो ठूलाबडा कानुनले काम गरेको भए जेलमा भेटिन्थेः चन्द्र भण्डारी

    काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले देशको कानुनले काम नगरेको टिप्पणी गरेका छन् ।

    आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले देशको कानुनले काम नगरेका कारण अपराधमा संलग्न भएर पनि देशका ठूला भनिएका मानिसहरु निर्वाध रुपमा हिँडिरहेको बताए ।राजनीतिक दल सुध्रिएर आ–आफ्ना नेतालाई सुधारेमा मुलुक बन्ने उनको भनाइ छ ।

    ‘यो देशमा कानुनले काम गर्नुपर्छ । यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीति गरेका व्यक्तिहरु धेरैजसो जेलमा भेटिन्थे,’– उनले भने ।

    प्रतिक्रिया

    ट्रेन्डिङ