
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ भन्दै ठमेल क्षेत्रमा हत्कडीसहित घुमाइएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङविरुद्ध फेरि प्रहरी कहाँ जाहेरी परेको छ ।शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले अर्को समूहलाई कुटपिट गरेको थियो । यो घटनालाई लिएर प्रहरी वृत्त, दरबारमार्गमा सानुभाइसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको छ ।
ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले सानुभाइलाई हत्कडीसहित ठमेलमा घुमाएको थियो ।अहिलेको फेरि सानुभाइ फरार छन् भने उनको समूहका एक जना विश्व लामा पक्राउ परिसकेका छन् । काठमाडौं प्रहरीका एक अधिकृतले घटनामा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको बताएका छन् भने झगडाको कारण स्पष्ट भइनसकेको बताइएको छ ।प्रहरी अधिकृतहरुका अनुसार, कुट्ने र कुटिने समूहका व्यक्तिहरु दुवै प्लेब्वाई नामक डिस्कोबाट छाया सेन्टरसम्म पुगेका थिए । त्यहाँ पुगेपछि एक्कासी दुई पक्षबीच हानाहान भएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।जाहेरी आएपछि दरबारमार्ग प्रहरी पार्किंङ लटको क्लोज सर्किट (सीसी) टीभी फुजेट समेत मगाएको छ । त्यसमा पनि कुटपिट भइरहेको दृश्य देखिन्छ ।
१० हजार धरौटीमा छुटेलगत्तै गुण्डागर्दी
सानुभाइले यसअघि १५ असारमा क्लब ओम्यिनामा बसिरहेका बेला त्यसका सञ्चालक राजेन्द्र गुरुङलाई राति २ बजे कुटपिट गरेका थिए । क्लबमा काम गर्ने अन्यलाई पनि कुटपिट गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको सञ्चालकको आरोप थियो । पक्राउ परेपछि उनलाई काठमाडौं प्रहरीले हत्कडीसहित ठमेल घुमाएको थियो । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
प्रशासनले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएको भन्दै कारागार पठाइएको थियो । पछि छुटेलगत्तै उनी गुण्डागर्दीमा संलग्न भएको देखिएको अधिकृतहरु बताउँछन् ।प्रशासनमा बयान दिँदै उनले बाउन्सरले अपशब्द बोलेपछि रिसको झोँकमा हातपात गरेको जिकिर गरेका थिए ।
कुमार घैंटे समूहका सदस्य
प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।उनलाई हत्कडीसहित ठमेल घुमाएका काठमाडौं प्रहरीका यसअघिका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।
उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया