
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् ।समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘ पछिल्लो समय हेरक दिन सहकारीको रकम घोटला लगायतका समाचारहरु सुनिन्छ । सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के-के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ।’उनले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् । उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका वचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताइन् ।
‘नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ तर सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहज रुपमा प्रयोग गर्ने । यो सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत छ । त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ ।’ उनले भनिन् ।उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गरिन् । उनले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन् ।
उनले भनिन्, ‘२०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी ऐन आएको छ । त्योभन्दा अगाडि राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था हटेपछि अहिले सहकारीमा भएका ठगीहरु त्यही कानूनलाई सच्याउन सकिन्छ सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ ।’उनले प्रधानमन्त्री तहबाट नैसहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको बताइन् । उनले सहकारी ठगी र वचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताइन् ।
उनले स्थानीय तह,प्रदेश र संघमा सहकारीलाई वर्गिकरण गरेको भए बैंक र सहकारीलाई एकै किसिमले हेर्ने गरिएको बताइन् । उनले भनिन्, ‘स्थानीय तह,प्रदेश र संघमा सहकारीलाई वर्गीकरण गरिएको छ । तर त्यो वर्गीकरण गर्दा पनि बैंक र सहकारीलाई एकै किसिमले हेर्न गरिएको छ । बैंक र सहकारी फरक हुन् । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ ।’
उनले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाईले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताइन् ।जुन सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत रहेको उनको भनाइ छ । उनले २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया