
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ ।यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘भन्सार तथा सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई यसअघि नै दिइएको हो, तर काठमाडौं विमानस्थल भन्सारमा हालसम्म सशस्त्र प्रहरी परिचालन भएको थिएन,’ महानिर्देशक पौडेलले अनलाइनखबरसँग भने, ‘अब सशस्त्रले नै सुरक्षा हेर्ने प्रबन्ध मिलाइएको छ । त्यसको कमान्ड भने भन्सार प्रशासनमा नै हुन्छ ।’
विमानस्थल सुरक्षामा निजी कम्पनी परिचालन गर्दा धेरै कमजोरी देखिएको र सुनलगायत सामान तस्करी नियन्त्रण पनि प्रभावकारी नभएको निष्कर्षसहित सशस्त्र परिचालन गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।‘त्रिभुवन विमानस्थल भन्सारमा प्रहरीको उपस्थिति थिएन, त्यसो हुँदा अर्थ मन्त्रालयले सशस्त्र प्रहरी खटाइदिनू भनेकाले त्यहीअनुसार गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘विमानस्थल सुरक्षामा नेपाल प्रहरी पहिलेदेखि नै परिचालित भएकाले दुई सुरक्षा निकायको समन्वयमा राम्रो काम हुने अपेक्षा छ ।’
अहिले भन्सारमा भन्सार प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरणलगायत निकायले काम गरिरहेका छन् । नेपाल प्रहरीले यात्रु तथा सामान जाँचको जिम्मेवारी दिनुपर्ने माग गरिरहेको थियो । तर, सरकारले सशस्त्रलाई त्यो जिम्मेवारी दिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको हो ।तर, नेपाल प्रहरी प्रत्यक्ष नभए पनि कुनै नै कुनै रूपमा विमानस्थलमा परिचालन भइरहेकाले सशस्त्र प्रहरीलाई जाँचको जिम्मा दिँदा ‘चेक एन्ड ब्यालेन्स’ पनि हुने भन्सार अधिकारी बताउँछन् ।
‘हिजोका दिनमा भन्सार क्षेत्रबाट निकै नै त्रुटि भएका थिए, त्यसलाई सुधार्न पनि सशस्त्र प्रहरी परिचालन गरिएको हो,’ अर्थ स्रोतले भन्योे ।यात्रु आगमन कक्षमा सशस्त्र प्रहरी परिचालन गरिए पनि कार्गो कक्षमा विद्यमान सुरक्षा व्यवस्थामा कुनै परिवर्तन नगरिएको भन्सार स्रोतले बतायो । ‘कार्गो कक्षमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ, त्यसलाई कायमै राखिएको छ,’ स्रोत भन्छ ।
सशस्त्र प्रहरीले जाँच गर्न थालेपछि कर्मचारी र तस्करले बनाइरहेको जालोमा धक्का परेकाले त्यसको विरोध भएको स्रोतको दाबी छ । ‘विमानस्थलमा धेरै प्वाल थिए, सशस्त्र परिचालनमार्फत तिनलाई टाल्न खोजिएको छ,’ स्रोतको दाबी छ, ‘नयाँ काम गर्दा अवरोध आउनु स्वाभाविक नै हो ।’आफूले खोजेको भूमिका सशस्त्रलाई दिइएकोमा प्रहरीको असन्तुष्टित्रिभुवन विमानस्थल भन्सार जाँचपास कक्षबाट समेत बाहिरिइसकेको ६१ किलो सुन सडकबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरी परिचालन गर्न लबिइङ गरिरहेका थिए ।सुन प्रकरण सार्वजनिक भएपछि ५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री श्रेष्ठले ‘भन्सार जाँचमात्र होइन, आगमन पछाडि नै प्रहरीको कुनै भूमिका नहुने र त्यसमा प्रहरीको भूमिका हुनुपर्ने’ बताएका थिए ।
गृहमन्त्रीले यस्तो बताइरहँदा भन्सार जाँचपासमा भूमिका पाउने अपेक्षा नेपाल प्रहरीको थियो । त्यसका लागि उसले लबिइङ पनि गरिरहेको थियो । तर, भन्सार प्रशासनका कर्मचारी भने नेपाल प्रहरीलाई त्यो जिम्मेवारी दिन तयार भएनन् । त्यसो हुँदा आगमन कक्षको सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिने निर्णय गृहमन्त्री श्रेष्ठले गरे ।विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय नै छ । ‘विमानस्थल सुरक्षामा नेपाल प्रहरी संलग्न हुँदै आए पनि तस्करी मौलाएकाले सशस्त्रलाई नै ल्याउनुपर्ने हाम्रो माग थियो,’ अर्थ स्रोतले भन्यो, ‘त्यहीअनुसार गृहले निर्णय गरेको छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया