News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    कांग्रेस सभापति देउवा माघ ८ गते पर्वत आउँदै

    पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पर्वत आउन लागेका छन् । कांग्रेस जिल्ला कमिटिले आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति देउवा पर्वत आउन लागेका हुन् ।कांग्रेसले आगामी माघ ८ गते पर्वतको कुश्मा बजारमा जिल्ला सम्मेलन गर्दैछ ।

    जिल्ला उप सभापति डा. चूडामणी शर्माले जिल्ला पाटी कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । डा. शर्माका अनुसार कांग्रेस नेताहरु शंशाक कोइराला तथा चन्द्र भण्डारीले समेत सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

    कुश्मा बजारमा हुने सम्मेलनको उद्घाटन शत्रमा कांग्रेस नेताले सम्बोधन गरेपछि बन्द शत्रका कार्यक्रमहरु सञ्चालन हुने पाटी उप सभापति शिव सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।जिल्ला पाटी सचिव गुप्तनीधि शर्माले पाटीले वैचारिक रुपमा छलफल कार्यक्रम सञ्चालन गर्नका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया