
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
सन्दीपलाई अदालतमा हाजिर गराउँदाको तस्वीर ।
काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले बुधबार क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनायो ।न्यायाधीश शिशिरराज ढकालको इजलासले ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला पनि गरेको छ ।
जिल्ला अदालतले फैसला सुनाएसँगै सन्दीपका कानुन व्यवसायीले यो फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बताइसकेका छन् । त्यसका लागि अदालतको फैसलाको पूर्णपाठ पर्खिनुपर्छ, त्यतिबेलासम्म सन्दीप कारागारबाहिरै रहनेछन् ।फैसलाको पूर्णपाठ आएपछि उनले कारागार बाहिरै बसेर मुद्दामा पुनरावेदन गर्न पाउँ भनी उच्च अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १३७ मा कसुरदारले माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने र नपाउने अवस्थाबारे व्याख्या छ । जन्मकैद पाएको व्यक्ति, १० वर्षभन्दा बढी सजाय पाएको व्यक्ति र संहिताको अनुसूची १ र २ मा समावेश भएका र ३ वर्षभन्दा बढी कैद सजाय पाएको अपराधमा संलग्न व्यक्ति थुनामा रहेर मुद्दाको पुनरावेदन गर्न पाउने व्यवस्था छ ।
त्यही दफाको उपदफा (२) मा बन्देजात्मक व्यवस्था पनि छ । जस अनुसार, अदालतबाट आदेश भई थुनामा नबसेको व्यक्तिमाथि १० वर्षसम्म कैद सजाय भए उसले ‘थुनामा नबसी पुनरावेदन गर्न पाँऊ’ भनी कारण खुलाएर निवेदन दिन पाउँछ । पुनरावेदन सुन्ने अदालतले धरौटी वा जमानत लिएर पुनरावेदनको अनुमति दिन सक्ने व्यवस्था छ ।काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष आरसी विमलका अनुसार यो कानुनी व्यवस्था अनुसार सन्दीपले उच्च अदालत पाटनमा थुनामा नबसी पुनरावेदन गर्न पाउँ भनेर निवेदन दिन सक्नेछन् ।
‘उनले यसअघि नै २० लाख धरौटी राखिसकेका थिए, त्यसबाट ५ लाख कटाएर १५ लाख फिर्ता पाउछन्’ उनी भन्छन्, ‘उच्च अदालतले अनुमति दियो भने दैनिक ३०० रुपैयाँका दरले धरौटी राखेर जेलबाहिरै बसेर पुनरावेदन गर्न पाउँछन् ।’यस्तो निवेदन सुन्ने अधिकार उच्च अदालतको रजिष्ट्रारलाई छ । रजिष्ट्रारले थुनाबाहिर बसेर मुद्दाको पुनरावेदन गर्ने अनुमति नदिएमा त्यसको आधार र व्यहोरा सहित पर्चा खडा गर्नुपर्छ ।
लामो समय उच्च अदालतमा रजिष्ट्रार रहेका न्यायसेवाका एक सहसचिवको अनुभवमा अपवाद बाहेक उच्च अदालतले १० वर्षभन्दा कम सजाय पाएकाहरुलाई बाहिरै रहेर पुनरावेदन गर्ने सुविधा दिएको छ ।‘यदि रजिष्ट्रारले त्यस्तो सुविधा दिएनन् भने पनि त्यो निर्णय विरुद्ध उच्च अदालतमै निवेदन दिन पाइन्छ’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा इजलासले नै १० वर्षभन्दा कम सजाय पाएकाहरुलाई बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्ने सुविधा दिएको हुन्छ ।’उनका अनुसार, गम्भीर प्रकृतिको अपराध, पटके कसुरदार, थुनाबाहिर रहेपनि पीडितलाई धम्की दिएको घटना भएमा रजिष्ट्रारहरुले बाहिर बस्ने सुविधामा कडाइ गर्छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया