
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् । ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनलाई घरबाट पक्राउ गरिएको उनले बताइन् ।
स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो । पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् । पछिल्लो समय दुई महिनायता काठमाडौं आएको उनले बताएको एक अधिकृतले अनलाइनखबरलाई बताए ।
एआईजी बज्राचार्यले बोम्जनलाई केही दिनदेखि ब्यूरोले निगरानीमा राखेको अनलाइनखबरलाई बताइन् । ‘१७/१८ दिनदेखि टोली त्यहाँ खटिइरहेको थियो, प्राविधिक र अन्य पक्षको अनुसन्धान गर्दै जाँदा त्यहाँसम्म पुगेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा मंगलबार त्यहाँ छापा मारिएको थियो ।’त्यसक्रममा प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । त्यसपछि सीआईबीबाट खटिएको डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले भुइँतलाबाट पक्राउ गरेर ब्यूरोको कार्यालयमा ल्याएको एक प्रहरी अधिकृतले बताए ।
बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।
तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।
प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरी खाली हात फर्किनु परेको थियो ।
बोम्जनको सिन्धुलीस्थित आश्रम । फाइल तस्वीर ।
डेढ वर्षदेखि फेरि भइरहेको थियो खोजीयसअघि २०७५ मा प्रहरी अनुसन्धान तीब्र भइरहेका बेला बम्जनको बोधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिहरुले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।लामा लगायतले प्रचण्डलाई एउटा ज्ञापन-पत्रसमेत बुझाएका थिए, जसमा बम्जनको प्रसङ्ग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको पनि आरोप लगाइएको थियो । गृहमन्त्री बादललाई पनि सोहीअनुरुप ब्रिफिङ गरिएको थियो ।
त्यसपछि धार्मिक विषय भएकाले बलियो प्रमाणबिना बम्जनविरुद्धको कारबाहीलाई अघि नबढाउन प्रहरीले निर्देशन पाएको थियो । त्यसयता जोगिँदै आएका बम्जन पाँच वर्षपछि पक्राउ परेका छन् ।ब्यूरोका एक अधिकृतका अनुसार, डेढ वर्षयता सीआईबीले फेरि बम्जनबारे खोजी थालेको थियो । ‘पछिल्लो समय केही लिड प्राप्त भयो, त्यसलाई फलो गर्दै जाँदा उनी पक्राउ परे’, स्रोतले भन्यो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया