
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
जनकपुरधाम । सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो ।मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ ।
पीडितका अनुसार वाड नं. ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको छ । आज जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको उनले बताए ।सञ्जयले २०७३ सालमा लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग आफ्नो ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाए । सञ्जयले त्यति बेला आफ्नो ऋद्धिसिद्धी कन्ट्रक्सन खोल्न भन्दै पैसा लिएका थिए ।
‘मैले जग्गा बेचेर भए पनि पैसा तिर्छु भनेर सुरेशलाई भनेको थिएँ । कोरोनाको कारण मेरो व्यवसाय चौपट भयो । मैले तिर्छु नै भनिरहँदा पहिले मेरो जग्गामा रहेको पाँच लाख रुपैयाँ बराबरको रुखबिरुवा बेचे । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी डाक लिलाम गराएर २०७८ सालमा आफ्नो नाममा ल्याएर सुरेशले रामनारायणसित खेत र मेरो घरघडेरी बेच्यो,’ सञ्जय भन्छन्, ‘मेरो छिमेकी रामनारायणले म आफ्नो बलमा उसको घरजग्गा कब्जा गर्छु भनेर मिटरब्याजी सुरेशबाट किनेका थिए । उनले मेरो घरमा एक वर्षदेखि ताला लगाएर राखेका छन् । मेरो आमाबुवासहित मेरो परिवार विस्थापित भएको छ ।’
मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन् ।त्यति मात्र होइन सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन् । तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन् । त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने निस्केको छैन ।
सिरहा जिल्ला प्रशासन कार्यालयमा हुने गरेको अनुचित लेनदेनको छलफल तथा निर्णयको कुरामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै मिटरब्याज पीडित संघर्ष समिति सिरहाले एकसाता अघि छलफल बहिस्कार गर्ने निर्णय गरेको थियो ।तर जिल्ला प्रशासन कार्यालयमा भने छलफल र निर्णयको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए । उनका अनुसार दैनिक १६ वटा उजुरीउपर छलफल हुने गरेको छ भने करिब ३ वटासम्म उजुरीमा मेलमिलाप हुने गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया