
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ ।
गत असारमा सिपबिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो ।त्यसअघि साउनमा भएको सिपबिल्डिङका लागि ईपीएस परीक्षमा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए । त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।
तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउँनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।त्यसपछि पुन: उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो ।अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।त्यसअघि सिपबिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया