
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० को राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।
सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।जिल्ला अदालतमा पेश भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ, ‘उनीहरुले डि.बि. भन्ने दानबहादुर गुरुङसँग घुसरिसवत लिई सुन चोरी पैठारी सम्बन्धि कार्य गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कुनै निकायवारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म आयोगमा त्यससम्बन्धी निर्णय आएको छैन । निर्णयको फाइल आउनासाथ आयोगले अनुसन्धान अघि बढाउँछ ।’गत मंसिरमा सुन ल्याउदै गर्दा गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेका थिए । खल्तीयुक्त ज्याकेटमा ७ वटा सुनको बिस्कुट ल्याएका उनले मिनबहादुर घलेको निर्देशन अनुसार आफूले सुन लिएर आएको बयान गरेका थिए ।
मिनबहादुरले अर्का डी.बी भनिने दानबहादुर गुरुङको नाम लिँदै विमानस्थलभित्रको सेटिङ उनैले मिलाउने बयान गरेका थिए । त्यसक्रममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको संलग्नता समेत फेला परेको आरोपपत्रमा उल्लेख छ ।जिल्ला अदालत, काठमाडौंमा आरोपपत्रको साथमा पेश भएको सरकारी वकिलको रायमा भनिएको छ, ‘अवैध सुन चोरी पैठारी काममा राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी देखिएको र उनीहरुले दानबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारीको काम गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया