
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । यातायात व्यवस्था विभागले खरिद गर्न लागेको ४१ करोडको स्मार्ट लाइसेन्स खरिदमा ठेक्का सेटिङ भएको आशंका उत्पन्न भएको छ । ठेक्का हाल्ने अन्तिम दिन सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को सिस्टम बिगारेर उक्त ठेक्का सेटिङ गरेको आरोप लागेको हो ।
तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको आडमा इम्बोस्ड नम्बर प्लेटको ठेक्का हत्याएको सिद्धार्थ पाण्डेको समूहले स्मार्ट लाइसेन्स कार्डको ठेक्का हत्याउन पीपीएमओ र यातायात व्यवस्था विभागमा सेटिङ गरेको आरोप छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको पाण्डे समूहसँगको नियमित उठबसले उक्त आरोपमा दम देखिन्छ । सिद्धार्थले इम्बोस्ड नम्बरको ठेक्का जसरी हत्याए त्यहि शैलीमा ४१ करोडको साढे १६ लाख स्मार्ट लाइसेन्सको ठेक्का हत्याउने प्रयास देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कै उच्च अधिकारीहरू सुनाउँछन् ।
स्मार्ट लाइसेन्सको ठेक्का हाल्ने अन्तिम दिन मिलेमतोमा पीपीएमओको सिस्टम नै नचल्ने बनाएर ठेक्का सेटिङ गरेको अन्य आपूर्तिकर्ताको दाबी । पीपीएमओको सिस्टम ठेक्का हाल्ने अन्तिम दिन नचल्दा २ वटा आपूर्त कर्ता कम्पनीले मात्र ठेक्का हालेका छन् । ठेक्का हाल्ने तयारीमा रहेका अन्य ४ वटा आपूर्तिकर्ताले ठेक्का नै हाल्न नपाएको पाइएको छ । सिस्टम बिग्रिएपछि म्याद थप्न आग्रह गर्दा महानिर्देशक उद्धवप्रसाद रिजालले नमानेको उनीहरूको आरोप छ । रिजाललाई विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले समेत साथ दिएको उनीहरूको भनाइ छ । यसले स्मार्ट लाइसेन्सको ठेक्कामा पाण्डे समूह र यातायात व्यवस्था विभागका महानिर्देशकबीच ठेक्का सेटिङ भएको शंका गर्ने ठाउँ देखिएको हो ।
स्मार्ट लाइसेन्स कार्डको नयाँ ठेक्कामा सिद्धार्थ पाण्डे लोकल एजेण्ट भएको फ्रान्सको सेल्प र एमके स्मार्ट ज्वइन्ट स्टकले मात्र ठेक्का हालेको पाइएको छ । भौतिक पूर्वाधार तथा यातायात सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक र सिद्धार्थ पाण्डेको मिलेमतोमा ठेक्का सेटिङ भएको बुझिन आएको छ । यातायातका महानिर्देशक रिजाल अहिले सिद्धार्थका कर्मचारी राजेन्द्र बहादुर शाहसँग नियमित रूपमा उठबस गरिरहेका छन् । शाह अहिले उक्त ठेक्का हत्याउने चलखेलमा लागेका हुन् ।
जर्मनी कम्पनी मुलवरले १६ करोडमा १२ लाख स्मार्ट कार्ड उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । यही बीचमा ४१ करोड लागत अनुमानको साढे १६ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरिद गर्ने प्रक्रिया यातायात व्यवस्था विभागले अगाडि बढाएको हो । राज्यकोष ब्रह्मलुट गर्ने डिजाइनका साथ अघि सारिएको इम्बोस्ड नम्बर प्लेटका लोकल एजेन्ट सिद्धान्त पाण्डे नै लोकल एजेण्ट रहेको फ्रान्सेली कम्पनी सेल्पले साढे १६ लाख स्मार्ट कार्ड ठेक्का हत्याउन लागेको छ । ठेक्का सेल्पले लागत अनुमान बराबर कै आर्थिक प्रस्ताव हालेको चर्चा छ ।
स्मार्ट लाइसेन्स खरिदको ठेक्कामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको डिजाइनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फसेको मन्त्रालयभित्र चर्चा छ । दुईजनाको ज्यान जानेगरी भएको ग्वार्को घटनामा पद धरापमा परेका मन्त्री ज्वाला स्मार्ट लाइसेन्समा समेत फस्ने सम्भावना देखिन्छ । सिद्धार्थ पाण्डे लोकल एजेण्ट भएको सेल्प कम्पनीलाई उक्त ठेक्का दिन यातायातका डिजी सक्रिय हुँदा मन्त्री ज्वाला अप्ठ्यारोमा पर्ने निश्चित छ ।
स्मार्ट लाइसेन्स कार्ड खरिदको पछिल्लो ठेक्कामा भएको चलखेल र सेटिङ अनि सक्रियता हेर्दा यातायात व्यवस्था विभागका महानिर्देशक रिजाल चन्द्रमान श्रेष्ठ हुने पथमा अगाडि बढेको देखिन्छ । उक्त ठेक्का रद्ध गर्न प्रधानमन्त्री तहबाटै हस्तक्षेप नभएको राज्यकोषको हानी नोक्सानी हुने अवस्था सिर्जना हुन्छ । प्रतिस्पर्धालाई सीमित पारेर पाण्डे समूहसँग मिलेर गरिएको स्मार्ट लाइसेन्स कार्ड ठेक्का काण्ड इम्बोस्ड नम्बर प्लेट ठेक्कालाई बिर्स्याउने खालको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया