News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    ओलीले प्रचण्डसँग भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’

    काठमाडौं। आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरुलाई पनि राष्ट्रिय सभामा केही सिट दिन भनेपछि एमालेलाई पनि सहभागी गराउने गरी छलफल भएको दाबी गरे ।

    ‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।

    कांग्रेस र माओवादीका नेताबीच आज विहान भएको बैठक पनि एमालेको प्रस्तावमा नै केन्द्रीत भएर छलफल भएको उनको दाबी छ । नेता पाण्डेले एमालेको प्रतावभित्रको रहस्य राम्रोसँग बुझ्न आवस्यक रहेको बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया