
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच जुहारी चलेको छ ।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले गृहमन्त्रीमाथि गम्भीर आरोपहरु लगाएका थिए । कुनै समय इमानको राजनीति गर्ने श्रेष्ठ पदको लोभमा रहेको नारायणकाजी श्रेष्ठमा रुपान्तरित भएको तथा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकृतहरुको सरुवा गरेको, सुन प्रकरणमा प्रहरीलाई राम्रोसँग काम गर्न नदिएको उनको आरोप थियो ।
गृहमन्त्री श्रेष्ठप्रति आक्रामक रुपमा प्रस्तुत भएका पूर्व गृहमन्त्री लामिछानेले संविधानको मर्म विपरीत राष्ट्रियसभामा आएको, गृह मन्त्रालयका लागि मरिहत्ते गरेको र आफूप्रति प्रतिशोध राखेको आरोप लगाए । ‘हामी सरकारमा आउन लाग्यौं । यो सरकारमा आयो भने यसले गृह मन्त्रालय लिन्छ कि क्या हो भन्ने कसैले भनिदिएर त्यसमा लाग्नु भयो कि भन्ने मलाई शंका लाग्यो’ लामिछानेले गृहमन्त्री श्रेष्ठलाई भने, ‘म र मेरो दल यो रेसमा छैनौं ।’
लामिछानेपछि बोलेका कांग्रेस महामन्त्री गगन थापाले पूर्व गृहमन्त्रीले बहालवाला गृहमन्त्रीमाथि लगाएका आरोप गम्भिर भएको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए । सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण लगायतका विषयमा लामिछानेले उठाएका प्रश्न गम्भिर भएको भन्दै थापाले भनेका थिए– यो अब उहाँहरुको निजी विषय रहेन, समितिमा आएपछि गम्भिर भएर हेर्नुपर्छ ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जवाफ दिने बेला रास्वपा सभापति लामिछाने बैठक छोडेर हिँडिसकेका थिए ।बालकुमारी घटनाबारे बोलेपछि उनले भने, ‘केही माननीयज्यूले अरु कुरा पनि उठाउनु भएको छ । माननीयज्यूलाई सुनाउँ भने हुनुहुन्न ।’ समितिका सभापति रामहरि खतिवडाले ‘सुनिन्छ, सुनिन्छ’ भनेपछि रविले उठाएका प्रश्नको जवाफ श्रेष्ठले दिए ।
प्रहरीलाई काम गर्न नदिने वातावरण बनाउने गरी हस्तक्षेप गरेको रविको दाबी उनले खण्डन गरे । ‘म गएपछि बुझ्नुहोला, भोलि–पर्सि बुझ्नु होला । आईजी मात्र होइन, एआईजीसँग बुझ्नु होला, डीआईजीसँग बुझ्नु होला, एसएसपीहरुसँग बुझ्नु होला’ गृहमन्त्री श्रेष्ठले चुनौतीपूर्ण भाषामा भने, ‘स्वतन्त्र रुपमा सिस्टममा काम गर्ने वातावरण दिइएको छ, हस्तक्षेप होइन ।’बरु काम गर्ने वातावरण दिइएन भनेर किन भनिँदैछ भन्ने चाहिँ आफूलाई लागेको उनले सुनाए ।
रविले ब्रेक शुमा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा प्रहरी परिचालन गरेर नजिकको मान्छेलाई छुट दिने आसय राखेर राजश्वबाट सीआईबीमा ल्याएको आरोप लगाएका थिए । श्रेष्ठले त्यसको पनि प्रतिवाद गरे । ‘उहाँ हुनुहुन्न के भन्ने र’ श्रेष्ठले भने, ‘त्यो माग गर्नेमध्ये उहाँ हो एउटा । यो त संगठित अपराध हो नि, राजश्व अनुसन्धानमा राखेर हुन्छ भनेर माग गर्ने मध्ये एउटा उहाँ हो ।’
सबै दलहरुले माग गरेपछि प्रधानमन्त्रीकै नेतृत्वमा प्रहरी, राजश्व सबै बसेर अन्तरदेशीय अपराध भएकाले सीआईबीलाई अनुसन्धान गर्न दिने निर्णय लिएको श्रेष्ठले बताए । ‘त्यो निर्णय गरेपछि ठीक गर्नुभयो भनेर धन्यवाद दिनेमध्ये उहाँ पर्नुहुन्थ्यो’ रविको खाली कुर्सी देखाउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘अहिले हुनुहन्न ।’रविले विमानस्थल भन्सारका झलकराम अधिकारीसहितका केही व्यक्तिबारे आफूले प्रमाण दिएको, तर गृहमन्त्री श्रेष्ठले आफ्नो निकट भएकाले उन्मुक्ति दिएको आरोप लगाएका थिए । श्रेष्ठले त्यो प्रमाणित गर्न पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।
‘उहाँले दुई जना व्यक्तिको कुराकानी गर्नु भएको छ । एक जना व्यक्ति उहाँले अस्ति पत्रकार सम्मेलनमा भन्नु भएको छ । त्यो व्यक्ति मुद्दामा प्रतिवादी दायर गरेको छ सीआईबीले, र फरार छ । पुलिसले खोजिरहेको छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘अर्को व्यक्तिको हकमा सुन काण्डमा चाहिँ संलग्न देखिएको छैन । त्यसकारण सुनकाण्डमा प्रतिवादी बनाउन सकेन । तर यसको छानबिनको दायरा अरु क्षेत्रमा गर्नुपर्ने हुन्छ होला भनेर सीआईबीले अझै पनि अध्ययन गरिरहेको छ ।’
आफूले लामिछाने स्वयंलाई सीआईबीका अधिकारीहरु सामुन्ने राखेर समेत कुरा गरेको उनले बताए । गृहमन्त्री श्रेष्ठले भने, ‘सीआईबीलाई पनि उहाँहरु (आईजीपी) मार्फत कडा निर्देशन दिएको छु, कुनै कुरा थप अनुसन्धान गर्नुपर्ने भयो भने ठीक हुँदैन ।’प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले पूर्वगृहमन्त्री लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन’ लामिछानेले पत्रकार सम्मेलन गरेर लगाएको आरोपमा समेत आफूले केही नभनेको भन्दै श्रेष्ठले भने, ‘तर प्रिएम्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?’
‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई ।’उनले रवितर्फ संकेत गर्दै अघि भने, ‘अथवा आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नु भएन । त्यस्तो त हुन्न । दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइन्छ, तर प्रतिशोध शून्य ।’कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने उनले बताए । कानुनको कार्यान्वयन निश्पक्षता र दृढतापूर्वक अगाडि बढाउने भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ । त्यसो गरे त हुँदैन नि !’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया