काठमाडौं। नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलसँग गठबन्धन गर्ने भएको छ । पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने,’– निर्णयमा भनिएको छ ।
साथै, उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरू मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिने बताइएको छ । त्यसैगरी, पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउनसक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका र अवसरबाट वञ्चित भएका योग्य व्यक्तिलाई प्राथमिकता दिइने निर्णयमा उल्लेख छ ।