
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पर्वत । एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरू यस वर्ष पनि वितरण गरेको छ।
पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार, पर्वतमा रहेर विशेषतः ग्रामीण क्षेत्रका समाचारहरू लेख्दै आएका पत्रकार संजय रेग्मीलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार र सामुदायिक पहलमा सञ्चालित नमुना क्याम्पसका रूपमा हुवासमा नै रहेको हुवास बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पाएका डा। शाही पाटन विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका चिकित्सक हुन भने रेग्मी थाहाखबरमा पर्वत जिल्लाबाट कार्यरत छन्। सम्मानित भएकाहरूलाई नगद ५१ हजार रुपैयाँ सहित ताम्र पत्र प्रदान गरिएको छ। पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम गत ५ डिसेम्बरमा क्यालिफोर्नियामा बसेको एसोसिएसनको सचिवालय बैठकले पुरस्कारको लागि व्यक्ति र संस्थाको छनोट गरेको थियो।
डा। शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरू प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरूको उपचारमा दिनरात नभनी खटिने उनको कार्यलाई उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरेको एनआरएनएले बताएको छ।
यस्तै पत्रकार रेग्मीले सकारात्मक ग्रामीण क्षेत्रमा लुकेका खबरहरूलाई बाहिर ल्याउनुका साथै सकारात्मक खबरदारी तथा पत्रकारिताका माध्यमबाट सामाजिक परिवर्तन र उत्प्रेरणाको काम गरेको भन्दै पुरस्कार पाएका हुन्। देशका क्याम्पसहरू समस्यामा परिरहेको बेलामा समेत सामुदायिक पहलमा सञ्चालित हवास बहुमुखी क्याम्पसले विद्यार्थीहरूका लागि विभिन्न सुविधा सहित गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गरेको भन्दै पुरस्कार दिइएको हो। सोही अवसर पारेर पैयूँको विकासका लागि निरन्तर खटेका स्व। महेन्द्रप्रताप सेनलाई मरणोपरान्त ‘पैयूँ रत्न’ले सम्मान गरिएको छ।
पुरस्कार वितरण समारोहलाई एसोसिएसनको नेपालस्थित साझेदार संस्था देउराली फाउन्डेसनले व्यवस्थापन गरेको थियो। फाउन्डेसनका अध्यक्ष भीम घिमिरे सहित बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरूले कार्यक्रमको आयोजना र सहजीकरण गरेका थिए।
कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आफ्नो व्यावसायिक जीवनलाई सकेसम्म जनताको भलो हुने गरी नागरिकको हितमा प्रयोग गरेका व्यक्तिहरूलाई पुरस्कार दिएकोमा खुसी व्यक्त गरे। समाजमा राम्रा काम गर्ने तथा सकारात्मक ऊर्जा फैलाउनेहरूलाई सम्मान गर्दा त्यसको सिको सबैमा पर्ने तथा समृद्ध समाज निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।
एसोसिएसनका अध्यक्ष माधव मरासिनीले देशका लागि योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान र थप उत्प्रेरणाका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया