
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पर्वत । एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरू यस वर्ष पनि वितरण गरेको छ।
पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार, पर्वतमा रहेर विशेषतः ग्रामीण क्षेत्रका समाचारहरू लेख्दै आएका पत्रकार संजय रेग्मीलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार र सामुदायिक पहलमा सञ्चालित नमुना क्याम्पसका रूपमा हुवासमा नै रहेको हुवास बहुमुखी क्याम्पसलाई अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पाएका डा। शाही पाटन विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका चिकित्सक हुन भने रेग्मी थाहाखबरमा पर्वत जिल्लाबाट कार्यरत छन्। सम्मानित भएकाहरूलाई नगद ५१ हजार रुपैयाँ सहित ताम्र पत्र प्रदान गरिएको छ। पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम गत ५ डिसेम्बरमा क्यालिफोर्नियामा बसेको एसोसिएसनको सचिवालय बैठकले पुरस्कारको लागि व्यक्ति र संस्थाको छनोट गरेको थियो।
डा। शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरू प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरूको उपचारमा दिनरात नभनी खटिने उनको कार्यलाई उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरेको एनआरएनएले बताएको छ।
यस्तै पत्रकार रेग्मीले सकारात्मक ग्रामीण क्षेत्रमा लुकेका खबरहरूलाई बाहिर ल्याउनुका साथै सकारात्मक खबरदारी तथा पत्रकारिताका माध्यमबाट सामाजिक परिवर्तन र उत्प्रेरणाको काम गरेको भन्दै पुरस्कार पाएका हुन्। देशका क्याम्पसहरू समस्यामा परिरहेको बेलामा समेत सामुदायिक पहलमा सञ्चालित हवास बहुमुखी क्याम्पसले विद्यार्थीहरूका लागि विभिन्न सुविधा सहित गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गरेको भन्दै पुरस्कार दिइएको हो। सोही अवसर पारेर पैयूँको विकासका लागि निरन्तर खटेका स्व। महेन्द्रप्रताप सेनलाई मरणोपरान्त ‘पैयूँ रत्न’ले सम्मान गरिएको छ।
पुरस्कार वितरण समारोहलाई एसोसिएसनको नेपालस्थित साझेदार संस्था देउराली फाउन्डेसनले व्यवस्थापन गरेको थियो। फाउन्डेसनका अध्यक्ष भीम घिमिरे सहित बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरूले कार्यक्रमको आयोजना र सहजीकरण गरेका थिए।
कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आफ्नो व्यावसायिक जीवनलाई सकेसम्म जनताको भलो हुने गरी नागरिकको हितमा प्रयोग गरेका व्यक्तिहरूलाई पुरस्कार दिएकोमा खुसी व्यक्त गरे। समाजमा राम्रा काम गर्ने तथा सकारात्मक ऊर्जा फैलाउनेहरूलाई सम्मान गर्दा त्यसको सिको सबैमा पर्ने तथा समृद्ध समाज निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।
एसोसिएसनका अध्यक्ष माधव मरासिनीले देशका लागि योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान र थप उत्प्रेरणाका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया