
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३०) को उद्घाटन समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो,’– प्रधानमन्त्री दाहालले भने ।
उनले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको उल्लेख गर्दै महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताए ।‘एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महँगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महँगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो,’– उनले भने ।
मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को सम्बोधन
(६ पुस २०८०, विराटनगर)
उद्योग व्यापार मेला एक्स्पो २०२३ का अध्यक्षज्यू,
प्रतिनिधिसभाका माननीय सदस्यहरु,
प्रदेशसभाका माननीय सदस्यहरु,
कार्यक्रमका अन्य अतिथिगण,
निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु,
आयोजक साथीहरु,
सञ्चारकर्मी मित्रहरु,
उपस्थित आदरणीय जनसमुदाय ।
१. नेपालको पहिलो औद्योगिक नगरी विराटनगरमा आयोजित यो ऐतिहासिक व्यापार मेलामा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी आफ्ना विचारहरु र नेपाल सरकारको धारणा राख्ने अवसर प्राप्त गर्नुभएकोमा आयोजकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै मोरब व्यापार मेला एक्स्पो २०२३ को भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२. निजी क्षेत्रको प्रतिनिधि संस्था मोरब व्यापार संघले विगतका वर्षहरुमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवद्र्धन एवं अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु, स्वदेशी उत्पादन र सेवाहरु लगायतका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार बिस्तारका साथै प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यहरुको प्रचारप्रसार लगायतका कैयौं प्रवर्धनात्मक कार्यहरुका निम्ति यो मेलाको आयोजना गरिएको मैले जानकारी पाएको छु । यसका निम्ति आयोजकहरुमा धन्यवाद व्यक्त गर्दछु ।
३. सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो । एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको छ । तपाईहरुले आयोजना गर्नुभएको एक्स्पोले पनि अर्थतन्त्रलाई चलायमान गरी आर्थिक गतिविधिहरुलाई तीव्रता दिई आम नागरिकमा देखिएको निरासा सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्नेछ ।
४. एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ । भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको छ । निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।
५. चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ । पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । रेमिटेन्समा निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर तत्कालको संकट निवारणका दृष्टिले यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहन्छ । चालु आर्थिक वर्ष २०८०।८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । यो अर्थतन्त्रको सुधारमा महत्वपूर्ण सूचक हो ।
६. यस अवधिमा एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बंैकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३।०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ । राष्ट्रबैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ ।
७. पर्यटक आगमनमा यस वर्ष इतिहासकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२२ भरिमा आएका पर्यटकभन्दा सन् २०२३ को नोभेम्बरसम्म पर्यटक आगमन ४९ प्रतिशतले बढेर ९ लाख १८ हजार पुगेको छ । यी र यस्ता सूचकहरुले हाम्रो अर्थतन्त्रमा आएको सकारात्मक सुधारलाई प्रष्ट गर्दछन् ।
८. अर्थतन्त्रका सूचकहरुमा महत्वपूर्ण सुधार आइरहेको भए पनि आम नागरिक र व्यवसायीहरुको मनोविज्ञान सकारात्मक बनाउने चुनौती हाम्रासामु छ । “केही छैन, केही हुँदैन, केही सकिँदैन” भन्ने मनोविज्ञानबाट माथि उठेर “देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले केही गर्नैपर्दछ” भन्ने भाष्य निर्माण यतिबेला हाम्रो चुनौती र कार्यभार दुबै हुन आएको छ । यसका लागि तपाई व्यवसायीहरु र आम जनसमुदायले समेत सकारात्मक योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
९. यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा तपाईहरुले राख्नुभएको चासोप्रति म जानकार छु । यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । यसका साथै अन्य नाकाहरुको सञ्चालनबारे पनि सरकारले गम्भीर रुपमा पहल लिनेछ ।
१०. खोटाबको हलेसी महादेव, ताप्लेजुबको पाथीभरादेवी मन्दिर, सुनसरीको बराह क्षेत्र, रामधुनीलगायतका धार्मिक तीर्थाटनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन, सगरमाथामा कोशी प्रदेशको अपनत्व स्थापित गरेर यस क्षेत्रको विकासमा गुणात्मकता दिन सकिन्छ । यसका लागिसमेत सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराउँछु ।
११. संविधान र नागरिकता ऐनले आमाको नामबाट नागरिकता दिने प्रबन्ध गरे पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरणमा सहजीकरण नगरेको भन्ने गुनासोहरु पनि छन्, ती गुनासोहरु यथोचित रुपमा सम्बोधन गरिनेछ । त्यसका साथै विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, मुआब्जाको समस्या समाधान गरी चक्रपथ निर्माणलाई गति दिनुपर्ने, विराटनगर जुट मिल लगायतका औद्योगिक प्रतिष्ठानहरुको सम्पत्ति संरक्षण गर्ने, राजस्व छलि र चुहावटलाई नियन्त्रण गर्ने र नदी नियन्त्रणका बारेमा तपाईहरुले जे–जति विषय उठाउनुभएको छ, मैले त्यसको सम्बोधनका लागि आवश्यक पहल लिने पनि विश्वास दिलाउँछु ।
१२. विश्वको सर्वोच्च शिखर सगरमाथा तपाईहरुकै प्रदेशमा पर्दछ । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएको बहुआयमिक संकटको नकारात्मक प्रभाव त्यस क्षेत्रमा समेत गहिरो गरी देखिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव आफै सगरमाथा क्षेत्रको भ्रमण गरी जलवायु परिवर्तनका असरहरुको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अघिल्लो महिना सम्पन्न विश्व जलवायु सम्मेलन (कोप २८) मा पनि मैले यसबारे गम्भीर रुपले नेपालको धारणा राखेको छु । यसले जलवायु परिवर्तनका कारण देखिएका संकट निवारणका निम्ति, नेपालले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका निम्ति र नेपालको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा निम्तिसमेत महत्वपूर्ण आधार प्रदान गरेको छ ।
१३. तपाईहरुलाई जानकारी नै छ– केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरिसकेको छ । यसलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न तथा निर्माण प्रक्रिया अगाडि बढाउन सरकार गम्भीर छ ।
१४. मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा हुँदैछ । एक वर्षको अवधिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएका छन् । तर, देशमा विद्यमान चुनौतीको सम्बोधनका दृष्टिले ती पर्याप्त छैनन् । आगामी दिनमा थप सक्रियताका साथ योजनावद्ध परिणाम दिने गरी मैले काम गर्ने तयारी गरिरहेको व्यहोरासमेत तपाईहरुलाई अवगत गराउँछु । सरकारको यो सकारात्मक र इमानदार प्रयासमा सधैझैं तपाईहरुको साथ, सहयोग र ऐक्यवद्धता रहनेमा म पूर्ण विश्वस्त छु ।
१५.अन्त्यमा, तपाईहरुको यो व्यापार मेला पूर्वी नेपालका साथै सिंगो देशको अथर्तन्त्रमा गति ल्याउन, स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरण गर्न तथा आम जनताको आर्थिक जीवनमा सकारात्मक योगदान दिन सक्षम हुने विश्वासका साथ फेरि एकपटक मोरङ व्यापार मेला एक्स्पो २०२३ को सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया