News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    नेपालकै लामो पर्वतको झोलुङ्गे पुलबाट खसेर बागलुङका २२ वर्षीय युवकको मृत्यु

    पर्वत। नेपालकै लामो मानिएको पर्वतको पाङ र बागलुङको बाङ्गेचौर जोड्ने पुलबाट खसेर आज एक युवकको मृत्यु भएको छ । अपरान्ह ५ः४५ बजेतिर झोलुङ्गे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाको मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

    पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । १३८ मिटर अग्लो पुलबाट थापा कसरी एक्कासी खस्न पुगे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    मान्छे खसेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइसकेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया