
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरेका छन् । अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि प्रहार चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।यो संघीयता संविधानमा लेखेका कारणले मात्रै मानिरहेका छौं कि साँच्चै संघीयतालाई लागु गर्ने पक्षमा दृढतापूर्वक अगाडि बढ्ने अब कांग्रेस पार्टीले प्रष्टताका साथ भन्नुपर्ने उनको भनाइ छ ।
‘म तपाईंहरुलाई साक्षी राखेर सभापतिज्यू, महामन्त्री र आदरणीय साथीहरु, यो जिम्मेवारी कसको हो ? संघीय कानुन बनाउने जिम्मेवारी कसको हो ?’ मुख्यमन्त्री पाण्डेले प्रश्न गरे, ‘तपाईंहरुले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं । हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानुन बनाउन सक्ने छैन । कतिपय हामीले कानुन बनाएका छौं तर संघले कानुन नबनाएका कारणले लागु गर्न सकेका छैनौं । यो जिम्मेवारी तपाईंहरुले लिने कि नलिने ?’
यदि कांग्रेस संघीयताको पक्षमा दृढ भए संघीयता बलियो बनाउन चाहिने कानुन छिटो निर्माण गर्न अग्रसर हुनुपर्ने पाण्डेको भनाइ थियो । ‘कानुन तपाईंहरुले नबनाउने, तपाईंहरुको नालायकी, संघीय सरकार र संसदमा बस्ने सांसदहरुको नालायकीका कारणले कानुन नबन्ने अनि सडकमा आएर, अनि मञ्चबाट गाली मैले खानुपर्ने, हामीले खानुपर्ने ?’ उनले प्रश्न गरे । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले संघीयताबारे अब सबै दल र सांसदले पनि स्पष्टसँग जवाफ दिनुपर्ने धारणा राखे ।
भाषणमा सिंहदरबार घरघर पुर्याउँछौं र भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको पाण्डेले बताए ।संघीय सरकारसँग अधिकार माग्न १३ पुसमा प्रदेशका मुख्यमन्त्रीहरुको बैठक राखिएको र यो विषयमा स्पष्टसँग कुरा राख्ने पनि मुख्यमन्त्री पाण्डेले बताए । ‘संघीयताप्रति तपाईंहरुको दृष्टिकोण के हो ? यी कानुन नबनाउने हो भने प्रधानमन्त्री र सांसदले प्रस्टताका साथ भन्नुपर्यो, संघीयताबारे पुनर्विचार गर्छौं कि खारेज गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।
पाण्डेले आफू मुख्यमन्त्री भएको ८ महिनामा कांग्रेस कार्यकर्ताले सडकमा हिँड्दा शीर झुकाउनुपर्ने एउटा पनि काम नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया