तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए ।
‘बाटाको ढुंगा मुढाले, अवरोधले, सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन’, ओलीले भने । संकल्प अभियान कसैको विरोधमा नभएकाले अवरोध सिर्जना गरिनु गलत भएको उनले बताए ।‘हाम्रो अभियान देशको पक्षमा, जनताको पक्षमा हो । यसको प्रतिफल हाम्रा विरुद्धमा लागेका साथीहरुले पनि पाउने हो’, ओलीले भने ।