काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसप्रति नागरिकको धारणा बुझ्न अनलाइन मत सर्वेक्षण सुरु गरेका छन् । नागरिकले कांग्रेसलाई कस्तो पार्टी देख्न चाहन्छन् त्यसका लागि मत माग्न थालिएको महरले बताए ।
जनताको भावनालाई पार्टीको महासमिति बैठकमा राखिने उनले बताए । कांग्रेसले महासमिति बैठकलाई यसपटक नीति महाधिवेशन मार्फत गर्दैछ । नीति महाधिवेशनमा उठाउनुपर्ने विषयमा नागरिकको सुझाव प्रविधि मार्फत मागिएको महरले जानकारी दिए । सुझाव लिनका लागि गुगल फर्मको व्यवस्था गरिएको छ । सुझाव दिनका लागि विभिन्न १८ प्रश्न राखिएको छ ।