
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपाली कांग्रेसमा महासमितिको बैठक फेरि सार्ने प्रयास सुरु भएको छ । महासमितिको बैठकमा सार्न सभापति शेरबहादुर देउवाकै जोडबल रहेको कांग्रेसका नेताहरुले बताएका छन् ।
यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस २ र पुस १६ देखि १९ सम्मका लागि गरी तीन पटक मिति तोकिएको थियो । तर सभापति देउवाले जाडोको समयमा महासमिति बैठक नगरौं भन्ने थालेका छन् ।
‘अरु कुनै कारणले महासमिति बैठक सर्ने अवस्था छैन । अलि पाको उमेर समूहका नेताहरुले जाडो महिनामा महासमिति बैठक नभइदिओस् भन्ने छ’, कार्यसम्पादन समितिका एक सदस्यले भने । उनका अनुसार सभापति देउवाले १/२ दिनमा कार्यसम्पादन समिति बैठक बोलाएर उक्त विषयलाई प्रवेश गराउने सम्भावना छ ।
सभापति देउवाले माघको अन्त्य वा फागुनमा महासमिति बैठक गर्न चाहेको निकटवर्तीहरु बताउँछन् ।पार्टी विधान अनुसार महाधिवेशन नभएको वर्षमा महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।यसपटकको महासमिति बैठकलाई ‘नीति महाधिवेशन’का रुपमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।
महासमिति बैठकका लागि निर्वाचन समितिले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये २४ क्षेत्र बाहेकमा प्रतिनिधि छनोट गरेको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मंसिर २० गतेसम्म छनोट गर्ने अवधि तोकिएपनि त्यस समयभित्र २४ क्षेत्रमा प्रतिनिधि छनोट हुन नसकेको बताए ।
‘हामीलाई आएका नामहरु पार्टीलाई पठाइदिने हो । महासमिति प्रतिनिधि आएका ठाउँबाट नाम पठाइदिएका छौं’, समितिका सचिव श्रेष्ठले भने । प्रतिनिधि छनोट नभएकै कारणले महासमिति बैठक रोकिने अवस्था नहुने श्रेष्ठले बताए । महासमितिका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना सहभागी हुने व्यवस्था छ ।महासमितिका लागि नीति प्रतिवेदन पेश गर्ने जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको छ ।
संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री गगन थापा र राजनीतिक प्रतिवदेन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्ने भएका छन् । प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएकाहरुबाट महासमिति सार्नुपर्ने कारण नरहेको नेताहरुको दाबी छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया