
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जनकपुरधाम । सिरहामा मिटरब्याजीले हडपेको डेढ विघा खेतको धान पीडितहरुले काटेका छन् । सिरहा नगरपालिका– १९ सन्हैठामा जोगी भन्ने योगिन्द्रप्रसाद यादवले ऋणी रामसोगारथ यादवको ३० कठ्ठा खेत हडपेर रोपेको धान बिहीबार ३०० भन्दा बढी मिटरब्याज पीडित जम्मा भएर काटेका हुन् ।
ऋणी रामसोगारथका छोरा शोभित यादवका अनुसार धान काटेर भित्र्याउने योजना बुधबार जिल्ला प्रहरी कार्यालयमा बनेको थियो । जोगीले रामसोगराथको जग्गा कात्तिक ११ गतेभित्र फिर्ता गर्ने भनी जिल्ला प्रशासन कार्यालयमा प्रतिवद्धता जनाएका थिए ।
‘कात्तिक ११ गतेभित्र हाम्रो जग्गा फिर्ता गरिदिने प्रतिबद्धता प्रशासनमै गरेका थिए । त्यसअघि पनि कयौंपटक छलफल परपञ्चायत भयो । तर मानेनन्’, शोभित भन्छन् ‘बिहीबार जिल्ला प्रशासनमै मिटरब्याज पीडितबीच अचानक योजना बन्यो । अनि भोलिपल्ट करिब तीनसय जना जम्मा भएर डेढ विघाको धान काटेर हाम्रो घरमा भित्र्याउन सहयोग गरे ।’
शोभितका अनुसार उनका बुबा रामसोगारथले २०६३ सालमा गोलबजारमा इँटा उद्योग सञ्चालन एक लाख रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ ब्याजदरमा एक लाख लिएकामा जोगीले ४ लाखको तमसुक बनाएका थिए ।सुरुमा ५० हजार रुपैयाँ दिएका जोगीले केही समयपछि बाँकी ५० हजार रुपैयाँ ऋण दिने बेला जग्गा दृष्टिबन्धक राख्नुपर्ने शर्त राखेका थिए ।
दृष्टिबन्धक राख्न सहमति दिएका रामसोगारथको जग्गा जोगीले मालपोतका कर्मचारीको सहयोगमा आफ्नो नाममा गरेको सोभितको दाबी छ ।तर रामसोगारथले ७ महिनापछि १ लाख ६७ हजार बराबरको इँटा, एक पटक २२ हजार र अर्को पटक ३५ हजार गरी ५७ हजार रुपैयाँ नगद दिए पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ ।सोभितका अनुसार यो सबै सम्पत्तिको मूल्यांकन चार करोड रुपैयाँ भन्दा बढी छ । उक्त सम्पत्तिमध्ये ४ कठ्ठा जग्गा ४० लाख रुपैयाँमा अर्कैलाई बेचेको पाइएको पनि सोभित बताउँछन् ।
गत जेठमा रामसोगारथले जिल्ला प्रशासन कार्यालय सिरहामा जोगीविरुद्ध उजुरी दिए । उजुरीमाथि ३÷४ पटक छलफल भयो । त्यस क्रममा जोगीले रामसोगारथको जग्गा छलकपट गरेर हात पारेको पुष्टि भएको थियो । कात्तिक ११ गतेभित्र जग्गा फिर्ता गरिदिने मौखिक प्रतिबद्धता गरेका थिए । तर, कार्यान्वयन गर्नुको साटो उनले उच्च अदालत जनकपुरको सप्तरी शाखामा राम सोगारथ, जिल्ला प्रशासन र प्रहरी विरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै मुद्दा दिएको सोभितले बताए ।जोगीले रामसोगराथको जग्गा ३ वर्षदेखि भोगचलन गर्दै आएका थिए । मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल हुँदा पनि प्रमुख जिल्ला अधिकारीले कुनै निष्कर्ष नदिएपछि बाली भित्र्याएको बताए ।
‘पटक पटक छलफल भयो । तर मिटरब्याजीले समाज र प्रशासनमा गरेको मौखिक प्रतिबद्धता कार्यान्वयन गरेनन् । सिडिओ साहेबले त्यसमा एक्सन लिनुपर्नेमा तपाईंहरु अदालत जानुस् भन्नुभयो, अनि हामीले यो कदम उठायौं’, अध्यक्ष पासवान भन्छन् । सिरहामा मिटरब्याज पीडितले दिएको उजुरीमा प्रशासनले धेरै वास्ता नगरेको पासवानले बताए ।सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे हाल बिदामा छन् । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले यो विषयमा पीडित र साहुकारबीच छलफल भएको मात्र आफूलाई जानकारी भएको बताए ।सुनुवाइ कहाँसम्म पुग्यो भन्ने मलाई यकिन छैन’, उनले भने, ‘सीडीओ साहेबले एकैपटक अदालत जानुस् भनेजस्तो लाग्दैन ।’


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया