
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
जनकपुरधाम । सिरहामा मिटरब्याजीले हडपेको डेढ विघा खेतको धान पीडितहरुले काटेका छन् । सिरहा नगरपालिका– १९ सन्हैठामा जोगी भन्ने योगिन्द्रप्रसाद यादवले ऋणी रामसोगारथ यादवको ३० कठ्ठा खेत हडपेर रोपेको धान बिहीबार ३०० भन्दा बढी मिटरब्याज पीडित जम्मा भएर काटेका हुन् ।
ऋणी रामसोगारथका छोरा शोभित यादवका अनुसार धान काटेर भित्र्याउने योजना बुधबार जिल्ला प्रहरी कार्यालयमा बनेको थियो । जोगीले रामसोगराथको जग्गा कात्तिक ११ गतेभित्र फिर्ता गर्ने भनी जिल्ला प्रशासन कार्यालयमा प्रतिवद्धता जनाएका थिए ।
‘कात्तिक ११ गतेभित्र हाम्रो जग्गा फिर्ता गरिदिने प्रतिबद्धता प्रशासनमै गरेका थिए । त्यसअघि पनि कयौंपटक छलफल परपञ्चायत भयो । तर मानेनन्’, शोभित भन्छन् ‘बिहीबार जिल्ला प्रशासनमै मिटरब्याज पीडितबीच अचानक योजना बन्यो । अनि भोलिपल्ट करिब तीनसय जना जम्मा भएर डेढ विघाको धान काटेर हाम्रो घरमा भित्र्याउन सहयोग गरे ।’
शोभितका अनुसार उनका बुबा रामसोगारथले २०६३ सालमा गोलबजारमा इँटा उद्योग सञ्चालन एक लाख रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ ब्याजदरमा एक लाख लिएकामा जोगीले ४ लाखको तमसुक बनाएका थिए ।सुरुमा ५० हजार रुपैयाँ दिएका जोगीले केही समयपछि बाँकी ५० हजार रुपैयाँ ऋण दिने बेला जग्गा दृष्टिबन्धक राख्नुपर्ने शर्त राखेका थिए ।
दृष्टिबन्धक राख्न सहमति दिएका रामसोगारथको जग्गा जोगीले मालपोतका कर्मचारीको सहयोगमा आफ्नो नाममा गरेको सोभितको दाबी छ ।तर रामसोगारथले ७ महिनापछि १ लाख ६७ हजार बराबरको इँटा, एक पटक २२ हजार र अर्को पटक ३५ हजार गरी ५७ हजार रुपैयाँ नगद दिए पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ ।सोभितका अनुसार यो सबै सम्पत्तिको मूल्यांकन चार करोड रुपैयाँ भन्दा बढी छ । उक्त सम्पत्तिमध्ये ४ कठ्ठा जग्गा ४० लाख रुपैयाँमा अर्कैलाई बेचेको पाइएको पनि सोभित बताउँछन् ।
गत जेठमा रामसोगारथले जिल्ला प्रशासन कार्यालय सिरहामा जोगीविरुद्ध उजुरी दिए । उजुरीमाथि ३÷४ पटक छलफल भयो । त्यस क्रममा जोगीले रामसोगारथको जग्गा छलकपट गरेर हात पारेको पुष्टि भएको थियो । कात्तिक ११ गतेभित्र जग्गा फिर्ता गरिदिने मौखिक प्रतिबद्धता गरेका थिए । तर, कार्यान्वयन गर्नुको साटो उनले उच्च अदालत जनकपुरको सप्तरी शाखामा राम सोगारथ, जिल्ला प्रशासन र प्रहरी विरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै मुद्दा दिएको सोभितले बताए ।जोगीले रामसोगराथको जग्गा ३ वर्षदेखि भोगचलन गर्दै आएका थिए । मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जिल्ला प्रशासन कार्यालयमा पटक पटक छलफल हुँदा पनि प्रमुख जिल्ला अधिकारीले कुनै निष्कर्ष नदिएपछि बाली भित्र्याएको बताए ।
‘पटक पटक छलफल भयो । तर मिटरब्याजीले समाज र प्रशासनमा गरेको मौखिक प्रतिबद्धता कार्यान्वयन गरेनन् । सिडिओ साहेबले त्यसमा एक्सन लिनुपर्नेमा तपाईंहरु अदालत जानुस् भन्नुभयो, अनि हामीले यो कदम उठायौं’, अध्यक्ष पासवान भन्छन् । सिरहामा मिटरब्याज पीडितले दिएको उजुरीमा प्रशासनले धेरै वास्ता नगरेको पासवानले बताए ।सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे हाल बिदामा छन् । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले यो विषयमा पीडित र साहुकारबीच छलफल भएको मात्र आफूलाई जानकारी भएको बताए ।सुनुवाइ कहाँसम्म पुग्यो भन्ने मलाई यकिन छैन’, उनले भने, ‘सीडीओ साहेबले एकैपटक अदालत जानुस् भनेजस्तो लाग्दैन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया