
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरा । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरा आइपुगेको छ । मंसिर १४ मा बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो ।नयाँ पुलमा स्वागत गरेपछि अन्नपूर्ण गाउँपालिका हुँदै पोखरा महानगरपालिका–२५ हेम्जामा ओलीले सम्वोधन गरेका छन् ।हेम्जाको मिलनचोकमा आयोजित कार्यक्रममा ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला नरहेको बताएका छन् । एमालेको समृद्धिको लागि संकल्प यात्रा प्रतिक्रियावादीहरुका लागि सन्देश भएको पनि ओलीको भनाइ छ ।
‘१६ वर्षअगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला छैन । नेपाली जनताको गरिबीको कारण, कष्टका कारण, दुखको कारण, नेपाल विकसित हुन नपाउनको कारण राजतन्त्र हो,’ ओलीले भने, ‘त्यस्तो राजतन्त्र, सामन्ती प्रणालीलाई फर्किन दिइने छैन । जसले हजारौंको ज्यान लियो । त्यो कुराको सन्देश पनि चाहेका हौं ।’
लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति एमाले लडेको र एमालेले लडेर ल्याएको व्यवस्था त्यतिकै बलिदान दिएर संघर्ष गर्न पनि तयार रहेको ओलीको भनाइ छ । तर, अहिलेको अवस्थामा कुनै बलिदानी दिइरहनुपर्ने आवश्यकता नरहेको ओलीले बताए ।
नेकपा एमाले कसैले गला सजाउने पार्टी नभएर समाज परिवर्तन गर्ने शक्ति भएको ओलीले दाबी गरे । ‘एमाले गलामा लगाउने हार होइन, अनुहारमा दल्ने लिपिस्टक पाउडर होइन, नेकपा एमाले समाज परिवर्तन गर्न नेतृत्व गर्ने शक्ति हो’, ओलीले भने, ‘एमालेबाहेक अरु कुनै पार्टी, कुनै शक्ति राष्ट्रियता जोगाउन सक्ने छैन ।’एमालेमात्रै यो देशको विकास गर्ने दाबी गरेका ओलीले आफू नेतृत्वको सरकार चुनावसम्म रहेको भए अरु पार्टीको राजनीतिक सटर बन्द हुने जिकिर गरे । ‘यिनका झुटका खेती बन्द हुन्थे, त्यसकारण डराए । देशी विदेशी शक्ति मिलेर ढलाउन खोजे’, ओलीले भने, ‘एमाले झन् बलियो भएर आएको छ ।’
सरकार छैन भन्ने हो भने झण्डा हल्लाकै छ
अहिले सरकार छजस्तो पनि र छैनजस्तो पनि रहेको ओलीको बताए । अहिलेको सरकारले भ्रष्ट्राचार र कमिसनतन्त्रको जालोमात्र फिँजाएको उनको भनाइ थियो ।‘सरकार छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको खायै छ, झण्डा हल्लाको हल्लाई छ । छ भन्ने हो भने जनता हेर्दैन, राष्ट्रियताका पक्षमा बोल्दैन, सुशासन ल्याउँदैन’, ओलीले भने, ‘विकास ठप्प छ । महंगी बढेको छ, अर्थतन्त्र ध्वस्त भएको छ ।’
त्यसैले पनि एमाले चुप लागेर नबस्ने ओलीको भनाइ थियो । एमालेबाहेक अरु कसैले विकास गर्दैन भनेर ३ वर्षमा देखाइसकेको ओलीले दाबी गरे । ‘एमालेको सरकार हुँदा हेम्जाको भाइरल रोड पनि बनायो, यस्ता भाइरल रोड कति बनायो, बनायो’, ओलीको दाबी थियो ।एमालेलाई विश्वास गरेर लाखौं मानिस जोडिएको र त्यो विश्वास टुट्न नदिने ओेलीको बताए ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा लाखौंको संख्यामा सहभागी हुने ओलीले दाबी छ । शुक्रबार पोखरामै पुष्पलालको शालिकमा माल्र्यापर्ण गर्दै अमरसिंह चोक, तालचोक, रुपा गाउँपालिका हुँदै लमजुङ पुग्ने छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया