
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
पोखरा । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरा आइपुगेको छ । मंसिर १४ मा बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो ।नयाँ पुलमा स्वागत गरेपछि अन्नपूर्ण गाउँपालिका हुँदै पोखरा महानगरपालिका–२५ हेम्जामा ओलीले सम्वोधन गरेका छन् ।हेम्जाको मिलनचोकमा आयोजित कार्यक्रममा ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला नरहेको बताएका छन् । एमालेको समृद्धिको लागि संकल्प यात्रा प्रतिक्रियावादीहरुका लागि सन्देश भएको पनि ओलीको भनाइ छ ।
‘१६ वर्षअगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला छैन । नेपाली जनताको गरिबीको कारण, कष्टका कारण, दुखको कारण, नेपाल विकसित हुन नपाउनको कारण राजतन्त्र हो,’ ओलीले भने, ‘त्यस्तो राजतन्त्र, सामन्ती प्रणालीलाई फर्किन दिइने छैन । जसले हजारौंको ज्यान लियो । त्यो कुराको सन्देश पनि चाहेका हौं ।’
लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति एमाले लडेको र एमालेले लडेर ल्याएको व्यवस्था त्यतिकै बलिदान दिएर संघर्ष गर्न पनि तयार रहेको ओलीको भनाइ छ । तर, अहिलेको अवस्थामा कुनै बलिदानी दिइरहनुपर्ने आवश्यकता नरहेको ओलीले बताए ।
नेकपा एमाले कसैले गला सजाउने पार्टी नभएर समाज परिवर्तन गर्ने शक्ति भएको ओलीले दाबी गरे । ‘एमाले गलामा लगाउने हार होइन, अनुहारमा दल्ने लिपिस्टक पाउडर होइन, नेकपा एमाले समाज परिवर्तन गर्न नेतृत्व गर्ने शक्ति हो’, ओलीले भने, ‘एमालेबाहेक अरु कुनै पार्टी, कुनै शक्ति राष्ट्रियता जोगाउन सक्ने छैन ।’एमालेमात्रै यो देशको विकास गर्ने दाबी गरेका ओलीले आफू नेतृत्वको सरकार चुनावसम्म रहेको भए अरु पार्टीको राजनीतिक सटर बन्द हुने जिकिर गरे । ‘यिनका झुटका खेती बन्द हुन्थे, त्यसकारण डराए । देशी विदेशी शक्ति मिलेर ढलाउन खोजे’, ओलीले भने, ‘एमाले झन् बलियो भएर आएको छ ।’
सरकार छैन भन्ने हो भने झण्डा हल्लाकै छ
अहिले सरकार छजस्तो पनि र छैनजस्तो पनि रहेको ओलीको बताए । अहिलेको सरकारले भ्रष्ट्राचार र कमिसनतन्त्रको जालोमात्र फिँजाएको उनको भनाइ थियो ।‘सरकार छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको खायै छ, झण्डा हल्लाको हल्लाई छ । छ भन्ने हो भने जनता हेर्दैन, राष्ट्रियताका पक्षमा बोल्दैन, सुशासन ल्याउँदैन’, ओलीले भने, ‘विकास ठप्प छ । महंगी बढेको छ, अर्थतन्त्र ध्वस्त भएको छ ।’
त्यसैले पनि एमाले चुप लागेर नबस्ने ओलीको भनाइ थियो । एमालेबाहेक अरु कसैले विकास गर्दैन भनेर ३ वर्षमा देखाइसकेको ओलीले दाबी गरे । ‘एमालेको सरकार हुँदा हेम्जाको भाइरल रोड पनि बनायो, यस्ता भाइरल रोड कति बनायो, बनायो’, ओलीको दाबी थियो ।एमालेलाई विश्वास गरेर लाखौं मानिस जोडिएको र त्यो विश्वास टुट्न नदिने ओेलीको बताए ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा लाखौंको संख्यामा सहभागी हुने ओलीले दाबी छ । शुक्रबार पोखरामै पुष्पलालको शालिकमा माल्र्यापर्ण गर्दै अमरसिंह चोक, तालचोक, रुपा गाउँपालिका हुँदै लमजुङ पुग्ने छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया