
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ ।रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए । उनी रुसी सेनामा भर्ना भएको परिवारलाई पत्तोसमेत नभएको उनका परिवारले जनाएका छन् । साथीहरुले रुसमा सेनामा भर्ना हुन पाइन्छ भनेपछि गत असोज १७ गते उनी भिजिट भिषामा रुस गएका थिए ।
२०६४ सालमा सशस्त्र प्रहरीमा जागिर खाएका उनले ७ वर्षमै जागिर छाडेका थिए । त्यसपछि घरायसी सामग्रीको व्यवसाय गर्दै आएका थिए । उक्त व्यवसायमा ऋण लागेपछि मकाउ जाने तयारीमा थिए । साथीहरुले रुसी सेनामा भर्ना हुन पाइन्छ भनेपछि उनी रुस पुगेका हुन् ।
गत कात्तिक २६ गते दाजु सुमनसँग उनको अन्तिम संवाद भएको थियो । तर उनले रुसमा सेनामा भर्ना भएको र ऋण चाँडैतिर्ने बारेमा दाजु बाहेकलाई जानकारी गराएका थिएनन् । उनको रुस-युक्रन युद्धका क्रममा कात्तिक २९ गते बंकरमा मृत्यु भएको खबर दुई सातापछि हिजो (मंगलबार) परिवारले थाहा पाएको सुमनले बताए ।
रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो | नेपाली दूतावासका अनुसार घटना ९ दिनपछि सार्वजनिक भएको बताए |मृत्यु हुनेमा राजकुमारसँगै स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका–५, पौवेगौडेका प्रितम कार्की पनि नेपाली सेनाबाट निवृत्त भएका हुन्। सैनिक सेवाबाट अवकास लिएलगत्तै उनी अफगानिस्तान गएको कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले जानकारी दिए। मृतक कार्कीले गत साउन ४ गते मात्रै नयाँ पासपोर्ट बनाएका थिए।‘रूस जानकै लागि हो अथवा, कुन उद्देश्यले हो अगस्ट ६, २०२३ मा नयाँ पासपोर्ट बनाउनुभएको रहेछ,’ रेग्मीले थपे।
कार्की पनि दसैंअघि मात्रै रूस पुगेको खुलेको छ। परिवारमा बाबुआमा, दुई छोरा र श्रीमती रहेको वडाध्यक्ष रेग्मीले जानकारी दिए।‘उहाँ दुई महिनाअघि, दसैंमा रूस जानु भएको खुलेको छ। त्यसभन्दा अगाडि उहाँ अफगानिस्तान पुगेर फर्कनुभएको रहेछ,’ उनले भने।छोराको निधनको खबर आएपछि परिवारमा सन्नाटा छाएको वडाध्यक्ष रेग्मीले सुनाए। मृतक कार्कीका ११ र ७ वर्षका छोरा छन्।
इलाम नगरपालिका–९ का ३२ वर्षीय गंगाराज मोक्तान ४ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि २०७६ साल मंसिर ७ गते त्यहाँ पुगेका उनले पनि एक महिनाअघि आफू रूस जान लागेको परिवारलाई बताएका थिए।पत्नी याङ्गिला शेर्पाका अनुसार मृतक गंगाराज एक महिनाअघि (अक्टोबर १ तारिखका दिन) रूस हिँडेका थिए। उनी त्यसको भोलिपल्ट रूस पुगे।
‘उहाँ पुगेपछि पनि खासै सम्पर्क हुँदैनथ्यो। अन्तिमपटक नोभेम्बर १२ तारिख अर्थात् कात्तिक २६ गते कुराकानी भएको थियो। कात्तिक २६ गते कुराकानी हुँदा आफू एकसाता लडाइँ चलिरहेको रूस–युक्रेनको सीमानामा बसेर आएको बताउनुभएको थियो,’ पत्नीले शेर्पाले भनिन्।
लडाइँ भइरहेको ठाउँमा बसेर आएकाले एक–दुई दिन आराम गर्ने र फेरि सीमावर्ती इलाकामा जाने मोक्तानले बताएका थिए। यो पटकचाहिँ युद्धग्रस्त क्षेत्रभन्दा वरै रहने पनि उनले जानकारी गराएका थिए।त्यसो त, मोक्तान कात्तिक २८ गते पनि फेसबुकमा अनलाइन देखिएका थिए। तर, त्यसदिन कुराकानी हुन नसकेको श्रीमतीले बताइन्।
परिवारका अनुसार मोक्तान पूर्वसैनिक हुन्। उनी २०६७ देखि २०७२ सम्म नेपाली सेनामा थिए। त्यहाँबाट अवकास लिएर केही समय खाली बसेका मोक्तान घर–व्यवहार चलाउनका लागि युएई पुगेका थिए।वडाध्यक्ष गोपाल चौहानका अनुसार मोक्तानको मृत्यु भएको खबर दुई दिनअघिमात्रै कन्सुलर विभागमार्फत् आएको थियो।
चौहानका अनुसार मोक्तानले आफू युद्धग्रस्त क्षेत्रमा भएको र तलमाथि भए परिवारको नम्बर टिपाएको जानकारी परिवारलाई गराएका रहेछन्।उनले शव झिकाउने र आवश्यक प्रक्रियाका लागि वडाले कागजात तयार पारेर पठाएको पनि जानकारी दिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया