
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै भएको खुलेको छ ।रुसी सेनामा भर्ना भएर तालिम लिने क्रममा बंकरमा उनको मृत्यु भएको जनाइएको छ । ३५ वर्षीय रोक्का भिजिट भिषामा रुस पुगेको उनका दाजु सुमनकुमार रोक्काले जानकारी दिए । उनी रुसी सेनामा भर्ना भएको परिवारलाई पत्तोसमेत नभएको उनका परिवारले जनाएका छन् । साथीहरुले रुसमा सेनामा भर्ना हुन पाइन्छ भनेपछि गत असोज १७ गते उनी भिजिट भिषामा रुस गएका थिए ।
२०६४ सालमा सशस्त्र प्रहरीमा जागिर खाएका उनले ७ वर्षमै जागिर छाडेका थिए । त्यसपछि घरायसी सामग्रीको व्यवसाय गर्दै आएका थिए । उक्त व्यवसायमा ऋण लागेपछि मकाउ जाने तयारीमा थिए । साथीहरुले रुसी सेनामा भर्ना हुन पाइन्छ भनेपछि उनी रुस पुगेका हुन् ।
गत कात्तिक २६ गते दाजु सुमनसँग उनको अन्तिम संवाद भएको थियो । तर उनले रुसमा सेनामा भर्ना भएको र ऋण चाँडैतिर्ने बारेमा दाजु बाहेकलाई जानकारी गराएका थिएनन् । उनको रुस-युक्रन युद्धका क्रममा कात्तिक २९ गते बंकरमा मृत्यु भएको खबर दुई सातापछि हिजो (मंगलबार) परिवारले थाहा पाएको सुमनले बताए ।
रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना नेपालीको कात्तिक २९ गते ज्यान गएको जानकारी गराएको हो | नेपाली दूतावासका अनुसार घटना ९ दिनपछि सार्वजनिक भएको बताए |मृत्यु हुनेमा राजकुमारसँगै स्याङ्जाको पुतलीबजार नगरपालिका ५ ठूलास्वाँराका पितम कार्की र इलामको इलाम नगरपालिका ५ का गंगाराज मोक्तान रहेको दूतावासले जनाएको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका–५, पौवेगौडेका प्रितम कार्की पनि नेपाली सेनाबाट निवृत्त भएका हुन्। सैनिक सेवाबाट अवकास लिएलगत्तै उनी अफगानिस्तान गएको कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले जानकारी दिए। मृतक कार्कीले गत साउन ४ गते मात्रै नयाँ पासपोर्ट बनाएका थिए।‘रूस जानकै लागि हो अथवा, कुन उद्देश्यले हो अगस्ट ६, २०२३ मा नयाँ पासपोर्ट बनाउनुभएको रहेछ,’ रेग्मीले थपे।
कार्की पनि दसैंअघि मात्रै रूस पुगेको खुलेको छ। परिवारमा बाबुआमा, दुई छोरा र श्रीमती रहेको वडाध्यक्ष रेग्मीले जानकारी दिए।‘उहाँ दुई महिनाअघि, दसैंमा रूस जानु भएको खुलेको छ। त्यसभन्दा अगाडि उहाँ अफगानिस्तान पुगेर फर्कनुभएको रहेछ,’ उनले भने।छोराको निधनको खबर आएपछि परिवारमा सन्नाटा छाएको वडाध्यक्ष रेग्मीले सुनाए। मृतक कार्कीका ११ र ७ वर्षका छोरा छन्।
इलाम नगरपालिका–९ का ३२ वर्षीय गंगाराज मोक्तान ४ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि २०७६ साल मंसिर ७ गते त्यहाँ पुगेका उनले पनि एक महिनाअघि आफू रूस जान लागेको परिवारलाई बताएका थिए।पत्नी याङ्गिला शेर्पाका अनुसार मृतक गंगाराज एक महिनाअघि (अक्टोबर १ तारिखका दिन) रूस हिँडेका थिए। उनी त्यसको भोलिपल्ट रूस पुगे।
‘उहाँ पुगेपछि पनि खासै सम्पर्क हुँदैनथ्यो। अन्तिमपटक नोभेम्बर १२ तारिख अर्थात् कात्तिक २६ गते कुराकानी भएको थियो। कात्तिक २६ गते कुराकानी हुँदा आफू एकसाता लडाइँ चलिरहेको रूस–युक्रेनको सीमानामा बसेर आएको बताउनुभएको थियो,’ पत्नीले शेर्पाले भनिन्।
लडाइँ भइरहेको ठाउँमा बसेर आएकाले एक–दुई दिन आराम गर्ने र फेरि सीमावर्ती इलाकामा जाने मोक्तानले बताएका थिए। यो पटकचाहिँ युद्धग्रस्त क्षेत्रभन्दा वरै रहने पनि उनले जानकारी गराएका थिए।त्यसो त, मोक्तान कात्तिक २८ गते पनि फेसबुकमा अनलाइन देखिएका थिए। तर, त्यसदिन कुराकानी हुन नसकेको श्रीमतीले बताइन्।
परिवारका अनुसार मोक्तान पूर्वसैनिक हुन्। उनी २०६७ देखि २०७२ सम्म नेपाली सेनामा थिए। त्यहाँबाट अवकास लिएर केही समय खाली बसेका मोक्तान घर–व्यवहार चलाउनका लागि युएई पुगेका थिए।वडाध्यक्ष गोपाल चौहानका अनुसार मोक्तानको मृत्यु भएको खबर दुई दिनअघिमात्रै कन्सुलर विभागमार्फत् आएको थियो।
चौहानका अनुसार मोक्तानले आफू युद्धग्रस्त क्षेत्रमा भएको र तलमाथि भए परिवारको नम्बर टिपाएको जानकारी परिवारलाई गराएका रहेछन्।उनले शव झिकाउने र आवश्यक प्रक्रियाका लागि वडाले कागजात तयार पारेर पठाएको पनि जानकारी दिए।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया