
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन नसक्ने ठोकुवा गर्दै सरकारलाई सच्चिनको सुझाव दिईरहेका छन् । सरकारले आफूलाई करेक्शन नगरे एमालेले सडकबाट आन्दोलनको बलमा सरकार फाल्ने उनको उद्घोष छ ।हालै बसेको पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा लामो समय खर्चिएर वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे ब्रिफिङ गरेका ओलीले वर्तमान सरकारलाई निशाना बनाएका थिए । उनले सरकार गलत दिशामा हिँडेको र राष्ट्र नै असफल हुने हो कि भन्ने चिन्ता जाहेर गरेका थिए ।
सो क्रममा उनले वर्तमान सरकार गठनमा एमालेको भूमिका, लगत्तै प्रधानमन्त्री दाहालबाट भएको धोका र सरकारमा कांग्रेसको प्रवेशमा अन्तर्राष्ट्रिय शक्तिको पनि संलग्नता रहेको र आफूलाई एउटा शक्तिले निरन्तर सत्ता बाहिर राख्न खोजेकोबारे ब्रिफिङ गरेका थिए । उनले वर्तमान सरकार ढाल्नको लागि पार्टी पँक्ति आन्दोलनको तयारीमा जुट्नुपर्ने अभिव्यक्ति दिएपछि धेरै केन्द्रीय सदस्यहरु आश्चर्यमा परेका थिए ।
उनले पार्टीको मंसिर १४ गतेबाट सुरू हुने महाकालीको झुलाघाटदेखि मेचीको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग अभियानलाई आन्दोलनकै रुपमा अघि बढाउने बताएका थिए । ओलीको अभिव्यक्तिअनुसार प्रधानमन्त्री प्रचण्डसँग यतिवेला उनको पानी बाराबारको सम्बन्ध हुनुपर्ने चर्चा हुने गरेको छ । तर, त्यस्तो चर्चालाई पनि चक्मा दिनेगरि यी दुई नेताबीच हार्दिकतापूर्वक भेटघाट तथा छलफल भैरहेका छन् ।
सरकार ढाल्ने उद्घोष गरेपछि पनि ओली र दाहालबीच फोन सम्वाद भैरहेको र आजमात्रैपनि यी दुई नेताबीच भेटवार्ता भएको तस्विर बाहिरिएको छ । प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारमा दुई नेताबीच आज भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले ओलीलाई नयाँ कार्यालयको अवलोकनसमेत गराएका थिए । उक्त कार्यालय ओलीको पालामा नै पूननिर्माण थालिएको थियो । भर्खरै प्रधानमन्त्री दाहालले उक्त कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै काम थालेका थिए ।
आज सोही कार्यालयिक भवनमा ओलीसँग उनको भेटवार्ता भएको हो । भेटवार्ता टिआरसी विद्येयक टुँगो लगाउने विषयमा केन्द्रित रहेको बताईएको छ । प्रधानमन्त्री दाहाल भोलि (बुधबार) युईएमा हुने कोप–२८ मा सहभागी हुन त्यतातर्फ जाँदैछन् । त्यसको अघिल्लो दिन प्रधानमन्त्री दाहालले ओलीसँग भेटवार्ता गरेको बताईएको छ । यसअघि पनि ओलीले प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।
अहिलेको व्यवस्था नै उल्टाउने घोषणासहित सडक–संघर्षमा उत्रिएका दुर्गा प्रसाईंले आफूविरुद्ध कम्बोडियामा तीन हजार करोड लगानी गरेको आरोप लगाएपछि ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटमा ओलीले आफूविरुद्ध गलत र भ्रमपूर्ण अभिव्यक्ति दिने प्रसाईंलाई ठेगान लगाउन प्रधानमन्त्री दाहाल गुहारेका थिए । लगत्तै १२ बुँदे पक्षधरसँग प्रधानमन्त्री दाहालले छलफल गरेका थिए । सो छलफलमा पनि ओलीले भाग लिएका थिए ।
पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहालविरुद्ध आक्रामक र चर्को टिप्पणी गर्ने गरेका छन् । तर, भित्री रुपमा भने राजनीतिक–सामाजिक मुद्दामा भने सहकार्य गरिरहेका छन् । टिकटक बन्द गर्ने सवालमा होस वा अराजकतावादीको आन्दोलनमा दमन गर्ने कुरामा होस ओलीले प्रधानमन्त्री दाहालको कदमको समर्थन गर्ने गरेका छन् । पछिल्लो समय ओली र दाहालबीच ट्युनिङ मिलेको पनि चर्चा छ ।
राजावादीहरुले अहिलेको व्यवस्थामाथि धावा बोल्दा अग्रभागमा उभिएर त्यसको प्रतिकार गर्ने र पार्टीको युवा पँक्तिलाई सडकमा उतार्ने काम गरेका छन् । उनले गणतन्त्र उल्टाउन खोज्ने र व्यवस्थामाथि औंला उठाउनेको औंला नै तल झारिदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सम्हालेको आगामी पुष १० गते एक वर्ष पुग्दैछ । योबीचमा सरकार ढल्ने हल्लापनि चलेको थियो ।
तर, अहिलेको परिस्थिति र गणितले पनि प्रचण्ड नेतृत्वको सरकार भर्खरै ढलिहाल्छ भन्ने सोच्नपनि नसकिने एमालेकै नेताहरुको भनाई छ । तर, सरकारको यही रवैया रहे आफूहरु सरकारको विकल्प खोज्न ढिलाई गर्ने पक्षमा पनि नभएको ती नेताहरुको भनाई छ । चुनावअघि कांग्रेससँगको गठबन्धनमा रहेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्रीको लागि पहिले आफूलाई स्विकार नगरेपछि ओलीको साथ लिएका थिए । धेरैले एमाले–माओवादी सत्ता–सहकार्य असम्भव भनेको बेलामा सबैलाई आश्चर्यमा पार्दै एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए ।
तर, पछि विश्वासको मत लिँदासम्म कांग्रेसको पनि साथ पाएका प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा भने कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई सघाएका थिए । त्यसपछि एमाले–माओवादीको गठबन्धन टुटेर कांग्रेस–माओवादी गठबन्धन बनेको हो । यो गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा र नागरिक उन्मुक्ति पार्टी छन् ।
सरकारबाट बाहिरिएपछि एमाले नेतृत्व पँक्तिले अहिलेको सत्ता गठबन्धन विदेशीको लागि कम्फर्टेबल भएको आरोप लगाउँदै आएको छ । तर, माग र मुद्दाका सवालमा भने ओलीले प्रधानमन्त्री प्रचण्डसँग भने निरन्तर सहकार्य गर्दै आएका छन् । संसदीय समितिको सभापतिको लागि पनि उनले सत्ता गठबन्धनसँग मिलेर नै आफ्नो कदम चालेका छन् । जसअनुसार प्रतिनिधिसभाअन्तर्गत एमालेले तीन वटा संसदीय समितिको सभापति पाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया