
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने घोषणा गरेका छन् । पार्टीको आज (सोमबार) बाट सुरू भएको स्थायी कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले वर्तमान सरकारले भ्रष्टाचारी, हत्यारा र लुटेराहरुलाई संरक्षण गरेकोले पीडितले न्याय पाउन नसक्ने अवस्था सुनाए । यस्तो अवस्थामा अब आफ्नो दलले हत्यारा र दोषीहरुलाई पक्राउ गरेर राज्यलाई बुझाउने तयारी गरेको उनको घोषणा छ । उनले अब मुलुकमा न्याय स्थापित गराउने सवालमा जनता आँफै जाग्नुपर्ने उल्लेख गर्दै त्यसको अगुवाई आफ्नो दलले गर्ने स्पष्ट पारे ।
उनले अहिलेपनि गाउँ÷घरमा डाका र चोरहरुलाई जनताले पक्राउ गरेर बुझाउने परिपाटी रहेको उल्लेख गर्दै देश लुट्नेलाई पनि जनताले अब छोड्न नहुने बताए । उनले भने,‘गाउँघरका डाका र चोरहरु पनि अपराधी हुन्, तर तीभन्दा ठूलो चोर र डाका भनेको यो देशका भ्रष्टाचारी, कमिसनखोरहरु हुन् । उनीहरुलाई जनताले अब ठाउँको ठाउँ कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई अब जनताले भाटे कारबाही गर्नुपर्छ ।’
साहले महिनौं महिनादेखि आरती साहका परिवारले न्यायको लागि काठमाडौंको माईतीघरको चिसो सडकमा बसेर भिख माग्दापनि राज्यले अहिलेसम्म कुनै सुनुवाई नगरेकोमा पनि आक्रोश पोखे । उनले भने,‘के यो देशमा न्याय मरिसकेको हो र ? एउटा परिवार महिनौंदेखि न्यायको लागि काठमाडौंमा छ । तर, राज्यले कुनै सुनुवाई गरेको देखिएन । अब आरती साहको हत्यारालाई पनि पक्राउ गरेर अब सरकारलाई बुझाउनुपर्छ । हत्यारा अहिलेपनि खुलेआम हिँडिरहेको अवस्था छ ।’
सो अवसरमा साहले मुलुक यतिवेला राजनीति, सामाजिक र आर्थिक संकटबाट गुज्रिरहेको टिप्पणी गरे । उनले भने,‘मुलुक संकटग्रस्त छ । कुनैपनि सूचांक राम्रो छैन् । देशलाई संकटबाट पार लगाउनको लागि हामी केन्द्रित भएर लाग्नुपर्छ । अहिलेपनि देशमा राजनीतिक अस्थिरता हाबी भएको छ । नेतृत्वप्रति जनताको चरम अविश्वास छ । हाम्रो पार्टीले देशलाई अब संकटबाट निकाल्नको लागि यो व्यवस्था असफल भैसकेको निश्कर्ष निकालेको छ । तत्काल अन्तरिम सरकार गठन गर्नुपर्छ ।’
देशमा अहिले सत्ताको चाख मार्नेहरुले गणतन्त्र र लोकतन्त्रको दुहाई दिएपनि देशमा असली रुपमा लोकतन्त्र वा गणतन्त्र केही पनि नभएको उनको आरोप छ । उनले भने,‘कहाँ छ लोकतन्त्र ? गणतन्त्र भनिएको छ, यस्तै हुन्छ गणतन्त्र ? यहाँ त दलतन्त्र छ । लुटतन्त्र छ । दलतन्त्रमा पनि केही ठूला दलका शीर्ष भन्ने नेताहरुको सिण्डिकेट छ । अनैतिक राजनीति हाबी छ । चुनावमा एउटासँग गठबन्धन अनि सरकार बनाउँदा अर्कैसँग भएको छ । यस्तो पनि राजनीति हुन्छ ? अहिले देखिएको फोहोरी राजनीतिलाई हामी शुद्ध बनाउन चाहन्छौं ।’ साहले अब आफ्नो पार्टीले भोट–फिर्ता अभियान चलाउनेपनि घोषणा गरे ।
नकाअनुसार एउटा जनादेश लिएर अर्को काम भैरहेकोले अब पार्टीले भोट फिर्ताको अभियान चलाउन लागेको हो । उनले बजारमा अहिले पैसाको हाहाकार रहेको पनि सुनाए । उनले बैंकहरुको पनि देशमा यतिवेला मनोमानी चलिरहेको आरोप लगाए । उनले अब बैंकहरुको लुटको विरुद्धमा आफूहरु सडकमा आउने पनि चेतावनी दिए । उनले बैंकको ऋण आम जनताको पहुँचमा हुनुपर्नेमा जोड दिए । उनले अहिले किसानको हालत पनि त्यस्तै रहेको चित्रण गरे । समयमा विउ, मल र खाद्य नपाउँदा किसानहरु मारमा परेको उनको भनाई छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको एक महिना बित्न लाग्दापनि सरकारले पीडितहरुलाई अस्थायी बसोबास र खानाको उचित प्रवन्ध गर्न नसकेको साहको आरोप छ । उनले पूननिर्माणको कार्यलाई पनि तत्काल थाल्न सरकारसमक्ष सुझाव दिए । यस्तै, गरिब आवासको लागि ७५ हजार रुपैयाँ छुट्याएर सरकारले गरिबीको मजाक गरेको पनि उनको आरोप छ । उनले भने,‘७५ हजारमा आवास बन्छ ? यो कस्तो मजाक हो ?’ गरिब आवासको लागि सरकारले पर्याप्त रुपमा बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
अध्यक्ष साहले देशका युवा शक्ति विदेश पलायन भैरहनु दुःखलाग्दो अवस्था भएको पनि चित्रण गरे । अहिले नेपाल सरकार उच्चपदस्थ, सरकारी कर्मचारीका छोराछोरी विदेश पढ्न जाने र उतै पलायन हुने क्रम बढ्दो रहेकोले यसले देशको राष्ट्रिय पुँजी पनि पलायन भैरहेको उनको भनाई छ । श्रम मन्त्रालयबाट प्राप्त डाटाकाअनुसार पनि ७ लाख नेपाली यतिवेला श्रम स्विकृत लिएर विदेश रहेको भएपनि त्यसको तुलनामा देशमा रेमिट्यान्स नगन्य मात्रा आएको भन्दै अहिले हुण्डीका कारोबारीले देशलाई अस्तव्यस्त बनाउने काम गरेको उनको आरोप छ । उनले अब वैधानिक विप्रेषणको खोजी गरिनेपनि घोषणा गरे ।
यस्तै साहले अहिले वैदेशिक रोजगारीको नाममा पनि व्यापक ठगी र लुट चलिरहेको भन्दै यतातर्फ पनि पार्टीले आवश्यक र प्रभावकारी कदम चाल्ने विश्वास दिलाए । उनले भने,‘अहिले गाउँ गाउँमा म्यानपावरका एजेण्टहरु सलबलाईरहेका छन् । यो ठगी रोक्नेगरि कदम चाल्नुपर्छ । विदेशमा निधन भएकाहरुको शब नेपाल ल्याउन महिनौं लाग्ने गरेको छ ।’
शिक्षा क्षेत्रमा पनि अहिलेपनि विभेदकारी नीति र व्यवहार देखिएको उनको टिप्पणी छ । उनले भने,‘सरकारी र निजी क्षेत्रमा फरक फरक पाठ्यसामाग्री छन् । शिक्षा नीति नै असमानता छ । मदरसा शिक्षा बोर्ड गठन गरिएको छैन् । हाम्रो पार्टीले यसको लागि पहल गर्नेछ ।’
साहले सो क्रममा राजश्वमा हुने चुहावट, भन्सार नियामावलीमा लुटकारी व्यवस्था राखिएको विषयमा पनि आपत्ति जनाए । दशैं, तिहार र छठजस्ता मुख्य चाडमा पनि चिनीलगायतका अत्यावश्यक वस्तुको हाहाकार हुनु र पाईहालेपनि तीन गुणा महँगी हुनु दुःखदायी अवस्था भएको उनको टिप्पणी छ । उनले महँगी, कालोबजारी र मिसावाट रोक्नको लागि पार्टीले उचित कदम चाल्नेगरि निर्णय लिनेपनि विश्वास दिलाए ।
यस्तै, साहले देशको गौरव बढाउने राष्ट्रिय खेलाडीहरुले स्वदेशमा आफ्नो भविष्य सुनिश्चित् नदेखेर विदेश पलायनको बाटो रोज्नु पनि दुःखदायी अवस्था भएको चित्रण गरे । उनीहरुको उचित व्यवस्थापनको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि साहको सुझाव छ । यस्तै, भूमि आयोगप्रति पनि उनले आफ्नो असहमति जाहेर गरे । अहिलेपनि मुलुकमा बालुवाटारजस्तो सार्वजनिक सम्पत्ति निजी बनाउनेहरु सक्रिय रहेको उनको आरोप छ । उनले भूमी आयोगको काम मुठ्ठीभरका मानिसलाई पोस्नेबाहेक केही हुन नसक्ने पनि दाबी गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया