
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जनकपुरधाम । महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् ।
समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।
लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गर्यो ।पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।
भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो ।
घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो ।घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ ।
जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आएकोले बुझिरहेको बताए ।‘घटना भएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानबिन टोली गठन गरी छानबिन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन,’ उनले भने ।स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया