
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
इजरायल । हमास युद्धमा चार दिने युद्धविराम आज शुक्रवारदेखि लागू भएको छ ।हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको सट्टामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि शुरु भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायीरूपमा रोकिएको छ ।
शुक्रवार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको यकिन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् ।चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमतिअनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा यसपछि अनुमानित अझै एक सय ९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहने छन् ।
सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात् कुल एक सय ५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ ।गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ ।
गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण अहिलेसम्म झन्डै १५ हजार प्यालेस्टिनीकाे ज्यान गएकाे र धेरै सङ्ख्यामा विस्थापित भएका जनाएको छ ।हताहतको यकिन सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि गर्न असम्भव छ तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूका लागि हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो ।
कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एकै परिवारका महिला र बालबालिका रहेका बताएका छन् ।इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन् ।इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ ।
एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ४० मध्ये दुई सय १० जनाको सनाखत भएको पुष्टि गरेको छ ।बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा त्याेभन्दा कम उमेरका थिए ।इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा झन्डै एक हजार दुई सय जनाको ज्यान गएको जनाएको छ ।कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिकरूपमा थोरै मात्र जानकारी छ ।
‘आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिका लागि मात्र तयार हुन सक्छौँ’, बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भन्नुभयो ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को–को छन् भन्नेबारे भने खुलाइएको छैन ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया