News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    ‘बाज उडिरहेको छ भने बाण हान्ने हो, आँखा चिम्लिने होईन:’महेश बस्नेत

    काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय युवा संघसँग टक्कर दिन खोज्नेले ठक्कर खाएर फर्किन पर्ने बताए ।आज (शुक्रबार) युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले युवा संघसँग निहुँ नखोज्न चेतावनी दिएका हुन् । उनले युवा संघले राजतन्त्रको भूत पन्छाउने काम गरेको बताए ।

    संघीय लोकतान्त्रिक गणतन्त्रका कयौं कमीकमजोरी रहेपनि यसको विकल्प रातन्त्र हुन नसक्ने उनले बताए । प्रक्रियावादीहरु सल्बलाइरहेको बेला एमाले र युवा संघ नेपाल सडकमा उत्रिदा कांग्रेस, तरुण दल र वाइसिएल दुलोभित्र पसेको उनले टिप्पणी गरे ।

    अब युवा संघको अभियान झापाबाट सुरु हुने उनले उद्घोष गरे । अब युवा संघले झापाबाट धुप बाल्ने उनले बताए । उनले दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै बाज उडिरहेको छ भने युवा संघ आँखा चिम्लिएर नबस्ने बरु त्यसको प्रतिकारमा बाण हान्ने बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया