
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । आगामी १४ मंसिरदेखि तीन साता चल्ने झुलाघाट–चिवाभञ्ज्याङ ‘क्याराभान’ लाई मुख्य एजेण्डा बनाएर बुधबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सडक विद्रोहमा उत्रने संकेत दिएका छन् ।
एकैदिन सकिने गरी बसेको बैठक उद्घाटन गर्दै ओलीले वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि र निराशा रहेको निष्कर्ष सुनाएका थिए । जनतामा देखिएको सरकारप्रतिको असन्तुष्टिलाई प्रतिगामी शक्तिहरुले व्यवस्था बदल्न उपयोग गर्ने खतरा देखिएकाले प्रतिवाद गर्न सडक विद्रोहमा जाने अध्यक्ष ओलीले प्रष्टोक्ति दिएका छन् ।
‘जनतालाई मैदानमा उतार्छौं र देशलाई एउटा बाटो दिन्छौं । देशलाई निकास दिने बाटो समातेनौं भने अर्को आउँछ’ केन्द्रीय सदस्यहरुसँग ओलीले भने, ‘मलाई एउटा साथीले भन्यो– कसैले खल्तीबाट परेवा निकालेर उडाउन सक्छ है ।’
यसअघि गएको २२ कात्तिकमै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित क्याराभानमा निस्कने निर्णय गरेको थियो । तीन साता चल्ने उक्त क्याराभान एमालेको पूर्वनिर्धारित एकवर्षे अभियान अन्तर्गत हो, जसलाई एमाले नेताहरुले आगामी चुनावमा पहिलो शक्ति बन्ने तयारी भनेका थिए ।तर ओलीले यो क्याराभानलाई आगामी चुनावको तयारीमा मात्रै सीमित नपार्ने सन्देश दिए । ‘..देशलाई पछाडि फर्कन दिंदैनौं । प्रतिगमनतिर जाने निकम्मापन स्वीकार्य हुन सक्दैन’, ओलीले भने । शान्तिपूर्ण तरिकाले जनताको हस्तक्षेप बढाउनेबारे नेताहरुसँग छलफल गरिरहेको पनि ओलीले बताएका थिए, ‘…जनशक्तिको परिचालन, जनबलको प्रयोग गर्न सक्ने हुनसक्छ ।’
एक नेताका अनुसार, अध्यक्ष ओलीले बैठक समापन गर्दा पार्टीको आगामी कार्यक्रमबारे थप प्रष्ट पारेका छन् । ‘एमाले अब सदन र सडकबाट जनविद्रोहमा जानुपर्छ भन्नेमा अध्यक्षको सम्बोधन केन्द्रित छ’, एक केन्द्रीय सदस्यले भने । उनका अनुसार, क्याराभान लगत्तै संसदबाट एमालेले सरकारमाथि हस्तक्षेप बढाउनेबारे निर्णय लिने जानकारी पनि ओलीले गराए ।
झुलाघाटबाट चिवाभञ्ज्याङ पुगेर फर्कंदा एक महिना सकिने, र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर संघर्षको कार्यक्रमबारे निर्णय लिने ओलीले संकेत दिएका छन् । स्रोतका अनुसार, बैठकपछि अनौपचारिक संवादमा पनि अध्यक्ष ओलीले जनआन्दोलनको बाटोमा जानुपर्ने प्रस्ताव नेताहरुसँग गरेका थिए ।
‘मध्य पहाडी लोकमार्गको अभियानलाई जनआन्दोलनकै वार्मअपका रुपमा विकास गर्नुपर्ने भयो, जनसंगठनहरुको आन्दोलन पनि अब रोक्नुहुन्न’, ओलीको भनाइ उद्धृत गर्दै अर्का नेताले भने । उनका अनुसार, आगामी पुस तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेर जनआन्दोलनबारे निर्णय लिने मनसायमा शीर्ष नेतृत्व सहमत देखिएका छन् ।
तर त्यो केन्द्रीय कमिटी बैठक अगाडि नै एमालेको गतिविधिलाई सशक्त बनाउनेबारे ओलीले बताएका छन् । ‘भोलि (बिहीबार) युवा–विद्यार्थीले गर्ने जनप्रदर्शनबाटै हाम्रो यात्रा सुरु हुनेछ, लगातार कार्यक्रमहरु थप्दै जाने हो’, अध्यक्ष ओलीको भनाइ छ ।
सँगै, जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि प्रभावकारी रुपमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । ‘सडक र सदनबाट जनताको कुरा उठाइरहँदा भूकम्प प्रभावित क्षेत्रमा पनि सशक्त रुपमा परिचालित हुनुपर्ने अध्यक्षले निर्देशन दिनुभएको छ’, पोलिटब्यूरो सदस्य विशाल भट्टराई भन्छन् ।
गठबन्धन तोड्ने, नयाँ सरकार बनाउने
अकस्मात् जनविद्रोहको संकेत गरेका अध्यक्ष ओलीले गठबन्धन तोडेर नयाँ सरकार बनाउनुलाई शर्त भनेका छन् ।यो सरकारले मुलुकको संकट र जनताको निराशालाई हल गर्न नसक्ने भएकाले सत्ता परिवर्तनलाई शर्त बनाएर जनविद्रोहको तयारी भएको एक पदाधिकारी बताउँछन् । ‘जनआन्दोलन सफल बनाउन पार्टी सक्रियतापूर्वक लाग्छ । त्यो जनविद्रोह सत्ता बदलिएर टुंगिन्छ’ ती पदाधिकारी भन्छन्, ‘अब गठबन्धन तोडिन्छ र अर्को सरकार बन्छ भने जनता सडकमा आइरहनु परेन । विद्रोहको एउटै रुप त हुँदैन नि !’अध्यक्ष ओलीले बैठक उद्घाटन गर्दा पनि सत्ता परिवर्तनमा पुगेर जनआन्दोलन टुंगिने संकेत गरेका थिए । ओलीले भनेका छन्, ‘…कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’
केन्द्रीय सदस्य विष्णु रिजाल पनि यो सरकारले राम्रो काम गर्न नसकेकाले जनआन्दोलनबाट त्यो कोर्स सच्याउने बाटोमा पार्टी लाग्ने तयारी भएको बताउँछन् । ‘सरकार निकम्मा भयो, जसले गर्दा व्यवस्था विरोधीहरुले टाउको उठाउन खोजिरहेको छ । एमालेले व्यवस्था जोगाउन जनआन्दोलनको नेतृत्व गर्नुपर्छ’, रिजाल भन्छन् ।अहिले दुर्गा प्रसाईं जस्ता विवादित व्यक्तिले बोलाउँदा पनि मानिसहरु सडकमा आउनुले सरकार पूर्णतः असफल भएको पुष्टि गरेको एमाले नेताहरु बताउँछन् । ‘यो सरकारसँग वैधानिकता भएपनि निकम्मा भयो । सरकार प्रभावकारी बन्न नसकेको असन्तुष्टिलाई प्रतिगामीहरुले प्रयोग गर्ने खतरा बढ्यो’, रिजाल भन्छन् ।
मुलुकको आर्थिक अवस्थाबारे जानकारी दिन आगामी ११ मंसिरमै कार्यक्रम गर्ने तयारी थालिसकेको छ । त्यसदिन सरकारले गर्न नसकेको र मुलुक संकटमा रहेको तथ्य सार्वजनिक गर्ने एमालेको तयारी छ ।त्यसबाहेक अध्यक्ष ओलीले भने मुलुकको सार्वभौमिकता, स्वाधीनता र तटस्थता समेत यो सरकारले कायम राख्न नसकेको निष्कर्ष सुनाएका छन् । त्यसैले जनआन्दोलन आवश्यक परेको पुष्टि गर्ने क्रममा अध्यक्ष ओलीले सत्ता परिवर्तनदेखि मध्यावधि चुनावको विकल्पबारे समेत बोलेका थिए ।
‘व्यवस्था जोगाउन यो सरकार परिवर्तनको विकल्प छैन भन्ने ठीकै हो, तर मध्यावधिसम्मै पुग्ने कुरा चाहिं नगरेको भए हुन्थ्यो’, एक केन्द्रीय सदस्य भन्छन् । अध्यक्ष ओलीले भने मुलुक अप्ठ्यारोमा पर्दा पाँच वर्षपछि अर्को चुनाव हुन्छ भनेर कुर्न नमिल्ने तर्क गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया