
१रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
२“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
३पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
४पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
५निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
६सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
७दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
८नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
९आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१०विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
११ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१२उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार (७ मंसिर) का लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् ।सुरुमा दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रम गर्ने बताए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुवैलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दिएन । सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई बेग्लाबेग्लै स्थानमा कार्यक्रम गर्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् ।
विभिन्न चरणमा भएको छलफलमा बस्नेतले माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रमका लागि स्वीकृति नदिइने बताएका थिए । बरु उनीहरुलाई तिनकुने, माछापोखरी, नारायण चौर, कलंकी, बसपार्क लगायतका क्षेत्रमध्ये एउटा रोज्न भनिएको थियो ।यसपछि युवा संघले कार्यक्रमका लागि तीनकुने रोजेको थियो भने दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खु रोजेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले दुवै पक्षले पहिले घोषणा गरेको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी युवा संघ र प्रसाईं नेतृत्वको समूहले जसरी सार्वजनिक रुपमा एकअर्काप्रति लक्षित गर्दै अभिव्यक्ति दिइरहेका छन्, त्यसले हेर्दा अप्रिय घटना नहोस् भनेर प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको देखिएको बताउँछन् । ‘विगतमा समयमा हस्तक्षेप नगर्दा अप्रिय घटना भएका उदाहरणहरु छन्, त्यसैले प्रशासनले पूर्वतयारी गरेको देखिन्छ’, उनी भन्छन् ।यद्यपि, मंगलबार काठमाडौं प्रशासनले बालुवाटार र शितलनिवास वरपर र ललितपुर प्रशासनले मन्त्री निवास पुल्चोक क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ । यसरी निषेधित क्षेत्र घोषित स्थानमा ५ जनाभन्दा बढी मानिसहरु उपस्थित हुन पाउने छैनन् ।
महेश र दुर्गाको तिक्तता
विवादास्पद मेडिकल व्यवसायी प्रसाईं कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै निकट थिए । द्वन्द्वका बेला माओवादीलाई सेल्टर दिएको बताउँदै उनी प्रचण्डसँग नजिकिएका थिए ।२०७३ सालमा प्रधानमन्त्री भएका बेला दाहालले प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन जोडबल समेत गरेका थिए । तर, डा. गोविन्द केसीको अनशन र विरोधका बीच बीएण्डसीले सम्बन्धन पाउन सकेन ।
गृह मन्त्रालयमा भएको सुरक्षा अधिकृतहरुको बैठकमा एमालेलाई कार्यक्रम रोक्न लगाउनुपर्ने माग उठेको थियो । उपप्रधान एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ पनि गएको शुक्रबार अपराह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।पछि नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेका बेला प्रसाईं केपी शर्मा ओलीतिर निकट भए । एमालेमा प्रवेश गरेर उनी केन्द्रीय सदस्यसम्म बने । तर, पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा उग्र अभिव्यक्ति दिँदै प्रसाईंले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर कार्यक्रम गरेपछि ओली प्रसाईंसँग चिढिएका थिए । पछि एमालेले उनलाई कारबाही समेत गर्यो ।
त्यसयता ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रसाईंको प्रतिवाद एमाले नेता महेश बस्नेतले गरिरहेका थिए । २२ असोजमा उनलाई युवा संघका कार्यकर्ताहरुले काठमाडौंको जमलमा उनलाई कालोमोसो समेत दलेका थिए । त्यसो त प्रसाईं स्वयंले एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा, लघुवित्त लगायतका विषयलाई लिएर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।जमलमा कालोमोसो दलिएको प्रतिवादमा प्रसाईंनिकट समूहले झापामा बस्नेत गएका बेला कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, त्यसबेला अज्ञात समूहले कार्यस्थलबाहिर रहेको गाडीहरुमा तोडफोड गरेको थियो ।
बस्नेत र प्रसाईंबीच त्यो तिक्तता जारी रहेका बेला दुवैले सार्वजनिक मञ्चहरुमा एकअर्काविरुद्ध अभिव्यक्ति दिइरहेका थिए ।ऋण, लघुवित्त र मिटरब्याजीविरुद्ध अभिव्यक्ति दिएर आफ्नो पक्षमा जनमत बटुलिरहेका बेला प्रसाईंले ७ कात्तिकदेखि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए । उनले ‘व्यवस्था बदल्ने’ घोषणासहित कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।
उनको समूहको नामबाट ३ मंसिरमा जारी विज्ञप्तिमा ७ मंसिरदेखि ‘शान्तिपूर्ण नागरिक मुक्ति आन्दोलन’ थालिने भनिएको छ । यसमा प्रसाईंले हिन्दुवादी संगठन, अभियन्तादेखि विदेशमा रहेका नेपालीलाई समेत प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।यही समयमा युवा संघले पनि भ्रष्टाचार र अराजकताविरुद्ध भन्दै प्रदर्शन गर्ने घोषणा गरेको छ । गएको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो पार्टीकै कार्यक्रम भएको बताएका छन् । तर, कतिपयले बस्नेत र प्रसाईंबीचको तिक्ततामा एमाले प्रवेश गरेको टिप्पणी गरेका छन् ।गृह मन्त्रालयमा भएको सुरक्षा अधिकृतहरुको बैठकमा एमालेलाई कार्यक्रम रोक्न लगाउनुपर्ने माग उठेको थियो ।
उपप्रधान एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ पनि गएको शुक्रबार अपराह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । तर, एमाले प्रदर्शनबाट पछि हट्ने स्थिति नदेखेपछि प्रशासनले एकैठाउँमा कार्यक्रम गर्न नदिने नीति अख्तियार गरेको उच्च सुरक्षा स्रोत बताउँछ ।एमाले नेता महेश बस्नेत भने प्रसाईंभन्दा पहिले आफूहरुले कार्यक्रम घोषणा गरेको बताउँछन् । ‘दुई महिनाअघि पदाधिकारी बैठक बसेर यो निर्णय गरिएको हो, सूचना पाएर उनीहरुले जुधाएका हुन्’, बस्नेतले अनलाइनखबरसँग दाबी गरे ।
प्रसाईंसँग समेत अनौपचारिक रुपमा संवाद भएपनि दुवै पछि हट्ने मनस्थितिमा देखिएका थिएनन् । ‘यस्तामा दुवै भिड्ने मनस्थितिमा देखिएपछि अप्रिय घटना हुन नदिने गरी पूर्वतयारी गरेर कार्यक्रम गर्न दिने योजना बनाएका छौं’, गृह मन्त्रालयका एक अधिकारी भन्छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री पनि दुवै पक्षलाई कार्यक्रम सार्न भनिएको बताउँछन् । तर युवा संघले पहिल्यै कार्यक्रम घोषणा गरिसकेको बताएको सुनाउँदै उनले भने, ‘प्रसाईंले वृहत शान्ति सम्झौताको सन्दर्भ पार्दै कार्यक्रम घोषणा गरिएको जिकिर गरे ।’पटक–पटकको छलफलमा दुवै पक्ष कार्यक्रम सार्न तयार नभएपछि तोकिएको ठाउँमा कार्यक्रम गर्न स्वीकृति दिएको बताउँदै खत्री भन्छन्, ‘संविधान र कानून विपरीत कुनै पनि गतिविधि भए बल प्रयोग हुन्छ भनेर स्पष्ट भनेका छौं ।’
सेनासमेतको उपस्थितिमा संयुक्त कमाण्ड सेन्टर
युवा संघ र प्रसाईंलाई बेग्लाबेग्लै दिनमा कार्यक्रम गराउने प्रयास असफल नभएपछि गृह प्रशासनले सुरक्षा तयारीका लागि पटक–पटक सबै सुरक्षा निकायबीच संयुक्त बैठक राखेको थियो ।१ मंसिरमा प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ लिएका थिए । त्यसमा उनले प्रसाईं र युवासंघको कार्यक्रमबारे चासो राख्दै सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएका थिए ।स्रोतका अनुसार, त्यसपछि गृह प्रशासनले पनि पटक–पटक सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । गएको शुक्रबार मात्रै गृहसचिव दिनेश भट्टराईले उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखसँग झण्डै ३ घन्टासम्म छलफल गरेका थिए ।
आपराधिक पृष्ठभूमि भएकाहरुले धमिलो पानीमा माछा मारेर अवाञ्छित गतिविधि गर्नसक्ने’ भएकाले निगरानी बढाइएको छ- भुपेन्द्र खत्री, काठमाडौं प्रहरी प्रमुखछलफलमा सहभागी एक सुरक्षा अधिकृतका अनुसार, बैठकमा सीडीओ र सुरक्षा अधिकारीहरुले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोक्नुपर्ने राय दिएका थिए । दुवै पक्षले भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट समेत मानिसहरु ल्याउने भएकाले त्यसमा पनि सतर्कता अपनाउनुपर्ने भनिएको थियो ।
उग्र भिड माइतीघर मण्डला पुगेर तनावको स्थिति सिर्जना भए परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोक्न उनीहरुको सुझाव थियो । त्यतिबेलै दुवै पक्षलाई एकैस्थानमा कार्यक्रम गर्न नदिने निर्णय भएको थियो ।यसपछि प्रहरीलाई ‘विशेष सुरक्षा योजना’ बनाएर खटिन गृहले निर्देशन दिएको थियो । त्यसअनुसार ७ मंसिरका लागि नेपाल प्रहरीले सुरक्षा योजना नै बनाएर सतर्कता बढाएको छ ।
सुरक्षा स्रोतका अनुसार, प्रसाईंले ७५३ वटै स्थानीय तहबाट मानिसहरु ल्याउने उदघोषसहित ८६ स्थानमा आफ्नो सम्पर्क व्यक्ति तोकेका थिए ।‘उनीहरुलाई बसमा मान्छेहरु ल्याउने जिम्मेवारी दिइएको सूचना छ’, स्रोत भन्छ, ‘त्यसो हुँदा कम्तिमा पनि १० देखि १५ हजारको बीचमा मानिसहरु जम्मा हुनसक्ने देखिन्छ ।’ मंगलबार रातिसम्म प्रसाईंको अभियानका नाममा उपत्यकाका केही होटलमा समेत कोठा बुक गरिएको रिपोर्ट सुरक्षा संयन्त्रसँग छ ।
प्रसाईं यो प्रदर्शनबाट आफ्नो भविष्य निर्धारण हुने निष्कर्षसहित ठूलो जमात भेला पार्ने योजनामा छन् ।राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार, प्रसाईंले जिल्लामा हालै गरेका कार्यक्रमहरुमा ३ सयभन्दा बढीको उपस्थिति छैन । तर, काठमाडौंमा विभिन्न जिल्लाबाट ल्याउनेसहित राजनीतिक दलका असन्तुष्ट समूहले पनि मानिसहरु पठाउन सक्ने हुँदा संख्या बढ्ने राष्ट्रिय अनुसन्धान विभागको विश्लेषण छ । ‘त्यसमाथि प्रसाईंले रोजेको क्षेत्र पनि मानिसहरुको मुभमेन्ट भइरहने ठाउँ हो, त्यसले थप भिड बढाउँछ’, स्रोतले भन्यो ।
हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै प्रसाईंले गर्ने प्रदर्शनमा अतिवादी समूहको समेत उपस्थिति हुने आँकलन गरिएकाले सुरक्षा निकाय चनाखो बन्नुपर्ने विश्लेषण गरिएको छ । प्रसाईं स्वयम्ले समेत हिन्दुवादी संघसंगठनलाई आफ्नो प्रदर्शनमा उपस्थित हुन भनेका छन् ।त्यहीकारण नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसमेतको उपस्थितिमा संयुक्त अपरेशन सेन्टर खडा गरेर ७ मंसिरको सुरक्षा व्यवस्थापन गरिँदैछ । यसमा सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि रहनेछ ।
प्रसाईंले आफ्नो कार्यक्रम ७ मंसिरपछि निरन्तर रहने घोषणा गरेकाले पनि त्यही अनुसार तयारी गर्नुपरेको अधिकृतहरु बताउँछन् ।काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्री भने राजधानीको सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नभए पनि ‘यही बेला आपराधिक पृष्ठभूमि भएकाहरुले धमिलो पानीमा माछा मारेर अवाञ्छित गतिविधि गर्नसक्ने’ भएकाले निगरानी बढाइएको बताउँछन् । सुरक्षा संयन्त्रले सीमा नाका समेत अहिले चेकजाँचमा कडाइ गरेको छ ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया