
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्बत फलेवास । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ फलेवास नगर समिति गठन भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७, राष्ट्रिय खेलकुद विकास ऐन २०७९, प्रदेश खेलकुद विकास ऐन २०७७, प्रदेश खेलकद विकास नियमावली २०७८ र नेपाल ह्याण्डबल संघको विधानअनुसार प्रत्येक जिल्लामा तीन पालिका खेल संघहरु गठन गर्ने व्यवस्था भए बमोजिम पर्वत जिल्ला ह्याण्डबल संघले ह्याण्डबल खेलको विकासका लागि विभिन्न पालिकाहरुमा ह्याण्डबल संघ गठन गर्नुपर्ने महशुष गरी पहिलोपटक फलेवासमा ह्याण्डबल संघ नगर समिति गठन भएको हो । आज फलेवासमा आयोजित ह्याण्डबल खेलमा इच्छुक खेलाडीहरुको भेलाले विवेक नेपालीको अध्यक्षतामा नगर समिति चयन गरेको थियो । नवगठित नगर समितिको उपाध्यक्ष दिपेश सुनार, सचिव समिर श्रेष्ठ, कोषाध्यक्ष सौरभ शर्मा र सदस्यहरुमा क्रमशः रोशन सुनार, विजय नेपाली, सन्देश श्रेष्ठ, युनिश श्रेष्ठ र मनोज श्रेष्ठ रहनुभएको छ । फलेवास नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नवीन कुमार श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको भेलामा ह्याण्डबल खेलको बारेमा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी गराउँदै नवगठित नगर समितिका पदाधिकारीहरुलाई जिल्ला संघको तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो । यसैगरी वडा अध्यक्ष नवीन कुमार श्रेष्ठले आफू पनि पूर्व खेलाडी भएकाले फलेवास नगरको खेल क्षेत्रको प्रवद्र्धनमा विशेष ध्यान दिने जानकारी गराउँदै निटक समयमा नै पालिकासँग अनुरोध गरेर ह्याण्डबल खेलका लागि आवश्यक बल, नेट तथा अन्य सामग्रीको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलका लागि अनुशासन अति नै जरुरी भएकाले नवगठित नगर ह्याण्डबल संघमा आबद्ध युवाहरु अनुशासित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति पर्वतका कार्यालय प्रमुख जगदिश कुँवरले स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नारालाई सार्थक बनाउन ह्याण्डबल खेलाडीहरुले लगनका साथ आफ्नो खेलमा लागिरहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्थानीय जनता माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा ह्याण्डबल प्रशिक्षक गोपाल प्रसाद श्रेष्ठले नवगठित समितिका पदाधिकारीहरुलाई बधाई दिँदै खेलको माध्यमबाट समाजलाई अनुशासित, मर्यादित र सभ्य बनाउन योगदान दिनुपर्ने खाँचो रहेको बताउनुभयो । जिल्ला ह्याण्डबल संघ पर्वतका सचिव रमेश श्रेष्ठको समग्र सहजीकरणमा सम्पन्न भएको भेलाका सहभागीहरुले परस्परमा तिहार, म्हः पूजा तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गर्नुभएको थियो । जिल्ला ह्याण्डबल संघले अब कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा नगरस्तरीय ह्याण्डबल संघ गठन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो “सूचनाकेन्द्र डटकम” लाई जानकारी दिनुभएको छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया