
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
गोबिन्द, कुश्मा । जिल्ला ह्याण्डबल संघ पर्वतले शुभ दिपावली, छठ, म्हः पूजालगायतका चाडपर्वको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यसमिति सदस्यहरुका बीचमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले संघको तर्फबाट सबै पदाधिकारी तथा सदस्यहरुलाई एक एक सेट टर्याक सुट प्रदान गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुने सबैजसो बक्ताहरुले जिल्लाको ह्याण्डबल खेललाई व्यवस्थित बनाउन स्थानीय निकायहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

ह्याण्डबल खेललाई विद्यालय तहबाट नै माथि उठाउन पहल गर्न स्थानीय युवाक्लब तथा संघ संस्थाहरुले पनि ध्यान पुराउनुपर्ने कुरामा बक्ताहरुको जोड रहेको थियो । सदरमुकाम क्षेत्रमा ह्याण्डबलका लागि उपयुक्त खेल मैदानको अभावले समस्या सिर्जना गरेकोले यस बारेमा जिल्ला खेलकुद विकास समितिसँग सहकार्य गरेर उपयुक्त विकल्प खोज्नुपर्ने आवश्यकतामाथि पनि चर्चा भएको थियो । आज नै जिल्ला ह्याण्डबल संघ पर्वतको कार्यसमिति बैठक पनि सम्पन्न भएको छ । केही वर्ष अघि गठन भएको जिल्ला ह्याण्डबल संघ पर्वतले विदेशी प्रशिक्षक ल्याएर साताब्यापी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको थियो भने पर्वतका ह्याण्डबल खेलाडीहरुले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

जिल्लाभित्र ह्याण्डबल खेललाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि स्थायी प्रशिक्षक नहुनु, उपयुक्त खेल मैदानको अभाव तथा आर्थिक साधनस्रोतको अभाव रहेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो “सूचनाकेन्द्र डटकम” लाई जानकारी दिनुभयो । प्रतिकुलतालाई अनुकुलतामा बदल्दै ह्याण्डबल खेललाई जिल्लाव्यापी बनाउन संघले हरदम पर्यत्न गरिरहेको संघका उपाध्यक्ष ज्ञानेन्द्रकुमार जोशीको मत रहेको छ । संघका अनुसार पर्वत जिल्ला ह्याण्डबल संघले निकट समयमा नै जिल्लाका तीनवटा पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन गर्न लागिरहेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया