काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेका शर्माले आगामी महाधिवेशनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन् ।