विशव स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय विश्वभर फेरि कोरोना संक्रमितको दर ह्वात्तै बढेको जनाएको छ । गत १७ देखि २५ जुलाइसम्मको तथ्याङ्कअनुसार आठ देखि ३० प्रतिशतसम्म संक्रमित बढेका हुन् ।
पछिल्लो एक सातामा मात्र ३८ लाख मानिस कोरोना संक्रमित भएका छन् । दैनिक विश्वभर पाँच लाख ४० हजार संक्रमित थपिएका छन् । मृतकको संख्या पनि पछिल्लो केही महिनायता बढेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकापछि संक्रमित धेरै हुनेमा क्रमशः भारत, ब्राजिल, रुस, फ्रान्स, र बेलायत छन् ।
विश्वका १ सय ३२ देशमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । यस्तै १८२ देशमा अल्फा भेरियन्ट, १ सय ३१ देशमा बेटा भेरियन्ट र ८१ देशमा गामा भेरियन्ट फैलिएको छ ।