
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत, । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी(एसओपी) सार्वजनिक गर्नुभयो ।
सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र विश्वस्नीय बनाई कार्य सम्पादनलाई सरल तथा सहज रुपमा प्रवाह गर्न कार्यसञ्चालन बिधीले सहयोग पु¥याउने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले सेवाग्राहीहरुले कार्यालयमा सेवा लिनआउदा पु(याउनुपर्ने विधि र प्रकृयाकोवारेमा सवै नागरिकलाई जानकारी हुने र कुनैपनि सेवाग्राही कार्यालयमा आएर प्रकृया नपुगेका कारण विमुख भएर फर्कन नपर्ने स्थिति सृजना गर्न उक्त कार्य संचालन कार्यविधि सार्वजनिक गरिएको उहाँको भनाई छ । कार्यबिधी जिल्ला प्रशासन कार्यालयका कर्मचारी र हरेक पालिका तथा वडामा पु¥याउँदा सेवाग्राहीले सबै प्रकृया पु¥याउने हुँदा समयमा कार्यसम्पादन हुने बिश्वास लिइएको प्रजिअ खत्रीले बताउनुभयो ।
सिडियो ब्यक्ति हैन, एक्लै पनि चल्दैन
अन्तरकृया कार्यक्रममा प्रजिअ खत्रीले प्रमुख जिल्ला अधिकारी ब्यक्ति नभएर संस्था भएको हुँदा एक्लै नचल्ने र सामुहिक निर्णयका आधारमा चल्दै आएको स्पष्ट पार्नुभयो । ‘सिडियो ब्यक्ति होइन, संस्था हो’ उहाँले भन्नुभयो ‘बिभिन्न समिति र सरोकारवालाको सामुहिक आवाज र सामुहिक निर्णयका आधार मात्रै चल्दै आएको छ र चल्नुपर्छ।’ उहाँले सबै पक्षका कुरा सुन्नुपर्ने भएपनि सिडीयोलाई अरुले चलायो भन्ने आरोप निराधार भएको भन्दै खण्डन पनि गर्नुभयो । ‘बिभिन्न समितिका पदाधिकारी र सदस्यहरुको सल्लाहमा नै सबै निर्णय भएका छन।’ उहाँले भन्नुभयो ‘संस्थागत प्रतिनिधीको रायका आधारमा चल्दा त्यसलाई अन्यथा मान्न हुँदैन, सबै ब्यक्ति ब्यक्ति संग सल्लाह गर्न कठिन हुन्छ।’
उक्त अवसरमा आर्थिक वर्ष ०७७र०७८ मा जिल्ला प्रशासन कार्यालय पर्वतले सम्पन्न गरेका कार्यहरुका उपलव्धिहरु सार्वाजनिक गरेको छ । विपद पूर्व तयारी तथा प्रतिकार्ययोजना,मनसुन पूर्व आपतकालिन कार्ययोजना निर्माण गरि लागू गरेको जानकारी दिएको छ ।
कार्यालयबाट गत आबमा दैबि प्रकोप प्रभावितहरु ७७ जनाले संघ सरकारबाट ८ लाख ९५ हजार र प्रदेश सरकारबाट ३९ जनाले ३ लाख ८० हजार राहात पाएका छन् । ७४ घर पुननिर्माण,११ पुनस्थापना र ९२ घर मर्मत भएका छन् । कार्यालयबाट आमा पत्ता नलागेका नागरिकका लागि नेपाली नागरिकता बनाउने कार्यलाई सहजिकरण गरी ३ जनालाई प्रकृया पु¥याएर नागरिकता प्रदान गरेको जानकारी पनि दिएको छ।
प्रजिअ पाण्डेले कोरोनाको दोश्रो लहरका कारण जनजीवन अतिप्रभावित भएको कठिन अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरेको,कोरोना नियन्त्रण गर्न स्थानिय पालिका लगायत सरोकारवाला निकाय संग समन्वय गरि कार्य गरेका कारण ठुलो मानविय क्षती हुनवाट जोगिएको बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय अधिकारी सुरेश ढकालले शान्ति सुरक्षा, अमनचयन कायम गर्दै सबै सरकारी र अन्य क्षेत्र संग समन्वयको भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई धन्यबाद दिनुभयो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक ज्ञवाली, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गौतम लगायतले बोल्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया