SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१२ गते
    १०५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सत्ता समीकरण मिलाउन निकै दौडधुपमा छन् । मंगलबार बिहानै प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगे । माधव नेपालसित करिब ४५ मिनेट छलफल गरेर उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    एमालेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने, संवैधानिक आयोगहरुमा नियुक्ति र मन्त्रिपरिषदबारे छलफल गरेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेका माधव नेपाल पक्षलाई पनि सरकार सम्मानजनक सहभागिता गराउन प्रचण्डले जोड दिँदै आएका छन् । प्रधानमन्त्री देउवा पनि माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने वातावरण बनाउने प्रयासमा छन् ।

    माधव नेपाललाई सरकारमा सहभागी गराउँदा एमाले फुट्ने र त्यसको राजनीतिक फाइदा कांग्रेस र माओवादीलाई हुने देउवा र प्रचण्डको अनुमान छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं