News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    योगा गर्ने बानी बसालौ, यस्तो छ योगा र ध्यानबाट मात्र शरीरलाई पुग्ने ४ फाइदा

    काठमाडौँ – मोटोपन धेरै मानिसको समस्या हो । मोटोपन भएपछि मानिसहरु शरीरलाई फिट बनाउन विभिन्न उपायहरु अपनाउँछन् । तर मोटोपन घटाउने सबैभन्दा सरल उपाय हो, योगा र ध्यान ।

    नियमित रुपमा योगा र ध्यान गर्नाले शरीर स्वस्थ्य हुनुका साथै रोगप्रतिरोधी क्षमता पनि बढ्दछ । योगाले बिभिन्न रोगको जोखिमका साथै क्यान्सर जस्ता प्राणघातक रोगबाट समेत टाढा राख्दछ । जान्नुहोस्, योगा गर्नुको फाइदा के के छन् त ?

    १. मानसिक स्वास्थ्यमा सुधार
    योगा र ध्यानको माध्यमले शरीरको जेनेटिक कोड परिवर्तन गर्न सकिन्छ । यसबाट मानिसको मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसका अलावा स्मरणशक्ति तिक्ष्ण हुन्छ ।

    २.तनाव कम हुन्छ
    कैयौं प्रकारको रोगको कारण जीवनशैली र तनावमय दैनिकी हो । यस्तोमा सही ढंगले योगा र ध्यान गरेमा तनाव कम हुन्छ ।

    ३. क्यान्सरको जोखिम कम
    योगा र ध्यानको माध्यमले इन्फ्लेमेसन कम हुन्छ । इन्फ्लेमेसन कम हुदा क्यान्सरको जोखिम पनि कम हुन्छ । तसर्थ नियमित योगा र ध्यान गरे क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

    ४. खानपानमा सुधार
    योगा र ध्यान गर्ने मानिसको खानपानमा समेत सुधार ल्याउँछ । नियमित योगा गर्ने बानीले स्वस्थ्य खाना तथा हितकर खानामा मात्र ध्यान गर्दछ । यस्तो खानाले मानिसको शरीरमा स्फुर्ती र आत्मविश्वास बढाउँछ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया