SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/९ गते
    ६६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’ को संज्ञा दिएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले सत्ताले दम्भ पैदा गर्ने भन्दै मैदान छाडेर नभाग्ने बताएका हुन्।

    ‘गफाडीको गफलाई जनतालाई पत्याउँदैनन्। सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ। सत्ताले मात्र होइन बन्दुकले पनि भ्रष्टीकरण ल्याउँदो रहेछ। जंगलमा बस्ने बितिकै त्यागी हुँदैन त्यहाँ पनि भ्रष्टिकरण हुँदो रहेछ। त्यहाँ पनि कारवाहीमा पर्दो रहेछ’ उनले भने।

    माधव नेपालले पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्ने अवस्था नभएको बताए। केपी शर्मा ओलीले पहिला नेता नेपाल सहित २२ नेतालाई कारवाही गर्दै स्पष्टीकरण सोधेका थिए। त्यसको भोलिपल्ट नै ओलीले सबैलाई आममाफी दिने बताएका थिए। ओलीले मिलेर काम गर्न पार्टीमा आउन नेपाललाई प्रस्ताव गरेका थिए। यसै प्रसंगमा बोल्दै माधव नेपालले अडानबाट आफू पछि नहट्ने बताएका हुन्।

    ‘पार्टीमा चुनौति आयो भन्दैमा आत्तिनु पर्दैन। मैदान छाडेर भाग्नु हुदैन। आममाफी भनेर अब हाँस्नुपर्ने भो। स्पष्टीकरण सोध्नु गलत भयो भनेर भने हुन्थेन। सुन्ध्रेलान र वार्ताको वातावरण बिग्रिएला भनेर मैले चम्पादेवीमा होसियार भएर बोले’ नेपालले भने।

    नेपालले आफूविरुद्ध ओली पक्षका युवासंघ परिचालित भएको बारे भने, ‘मेरो घर वरिपरि बाँदरे प्रवृत्तिका १०-१२ जना बसेका रहेछन्। तर, माधव नेपाल तर्सिने मान्छे होइन।’

    उनले साउन ३ गते गम्भीर षड्यन्त्र भएको भन्दै सबै कुराको गहिरो चिरफार हुनुपर्ने समेत बताए।भने, ‘संसद जोगाएका छौ। जायज काम गरेका छौ। हामीलाई गौरव वोध छ। म २२ जनाई लाल सलाम गर्छु। बाँकी ११ जनालाई अनुपस्थित भएकोमा सलाम।’

    उनले अहिले समाजमा विकृती धेरै भएको भन्दै नेपाली समाजबारे गहन विश्लेषण हुनुपर्ने बताए। तपाईं कस्तो संगतमा हुनुहुन्छ ? तपाईं कस्तो बन्न चाहनुहुन्छ? पहिला संकल्प गर्नुस। आफू बदल्नुस समाजलाई बदल्न सक्नुहुन्छ।’

    उनले विश्वमा कुनैपनि व्यवस्था कमजोरी रहित नभएको भन्दै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।‘बन्दुकले मात्रै सबै गर्न सकिन्छ ? के सत्तालाई मात्र दोष दिएर हुन्छ ? हाम्रो जिम्मेवारी के हो? हामीले हाम्रो कर्तव्य कति पूरा गर्यौं ?’ नेपालले प्रश्न गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं