
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरेश सिंहलाई कारवाही नगरेमा आफूहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सामूहिकरुपमा राजीनामा दिनेमा मन्त्री सिंह, प्रदेशसभा सदस्यसहित एक दर्जन काँग्रेसका नेताहरु छन् ।
मन्त्री वीरेन्द्र सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहलाई कारवाही गरेर तानाशाही र आतंकित पार्ने प्रवृत्तिबाट पार्टीलाई बचाउनका लागि माग समेत गरे ।
पार्टीभित्रै षड्यन्त्र गर्ने र विपक्षीसँग मिलेर पार्टी सिध्याउने खेलमा लागेकाले सर्लाहीमा पार्टी कमजोर भएको मन्त्री सिंहले अमरेशमाथि आरोप लगाए । बिहीबार प्रधानमन्त्री देउवालाई लेखिएको ध्यानाकर्षण पत्रमा प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहासहित एक दर्जन कार्य नेता कार्यकर्ताले अमरेशलाई कारवाही नगरेमा सामूहिक राजीनामा दिने उल्लेख गरिएको छ ।
‘पटक पटक विपक्षीसँग मिलेर विपक्षीको घरमा बसी पार्टीप्रति षड्यन्त्र गर्ने, कार्यकर्तालाई धाकधम्की दिने र पार्टीलाई कमजोर गर्ने क्रियाकलाप गरिरहेको नेपाली काँग्रेसको तर्फबाट सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित माननीय अमरेश कुमार सिंहको तानाशाही प्रवृत्ति र आतंक बाट सिंगो क्षेत्र नम्बर ४ नै आतंकित भएकोले पार्टीले उहाँलाई कार्यवाही न गरे नेपाली काँग्रेस क्षेत्र नं ४ का सबै तहका पदाधिकारीहरु लगायत हामी सामूहिक रूपमा राजीनामा गर्न बाध्य हुनेछु,’ पत्रमा भनिएको छ ।
मन्त्री सिंहले सामूहिकरुपमा हस्ताक्षर गरि प्रधानमन्त्री देउवालाई पठाइएको ध्यानाकर्षण पत्रमा महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको क्रियाशिल सदस्यता वितरण सम्बन्धी उत्पन्न अवाञ्छित र अस्वाभाविक प्रवृत्तिले काँग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध उत्पन्न गरेको बताए । अमरेशको पार्टी विरोधी क्रियाकलाप र व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनको भनाइ छ ।
मन्त्री सिंह, प्रदेशसभा सदस्य कुशवाहा, सर्लाहीको धनकौल गाउँपालिका तथा क्षेत्रीय सभापति रामआश्रय साह, बसबरीया गाउँपालिका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिका अध्यक्ष नितुकुमारी यादव, सर्लाही क्षेत्र नम्बर ४ क को प्रदेश क्षेत्रीय सभापति हरेन्द्र सहनी, क्षेत्र नम्बर ४ ख को प्रदेश क्षेत्रीय सभापति अशोक सिंह, बलरा नगर सभापति उपेन्द्र महतो, बरहथवा नगर सभापति लालबाबु महतो, धनकौल गाउपालिका सभापति बैजनाथ प्रसाद सिंह, रामनगर गाउँपालिका सभापति रामएकवाल साहलगायतले अमरेशमाथि कारबाहीको माग गरेका छन् । रातो पाटीबाट साभार गरिएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया