
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।
सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।
सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो । यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो । तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ । थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।
११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सबै मन्त्रीको कार्यविभाजन भएसँगै उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
त्यस्तै यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्रालयमा यथावत् राखिएको छ ।
अघिल्लो सरकारमा निल बनेको गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाले यसपटक भने तीनवटा मन्त्री पाएको छ । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको तत्कालीन एमाले सरकारले कास्कीबाट कसैलाई पनि मन्त्री नबनाउँदा ठूलो आलोचना भएको थियो । आलोचनापछि कास्कीबाट मन्त्री बनाउने सोच बनाए पनि आफूले नरुचाएका एमाले सांसद कृष्ण थापाको नाम आएपछि गुरुङ ब्याक भएका थिए । आफू मुख्यमन्त्री बन्ने बेला असहयोग गरेको भन्दै उनले कृष्णलाई मन्त्री बनाउनुभन्दा बरु मन्त्रिपरिषद् नै विस्तार नगर्ने अडान लिए । कृष्णलाई मन्त्री बनाउन पार्टी पंक्ति र स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब दिँदासमेत गुरुङले मानेनन् ।
तर कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भने कास्कीले तीन मन्त्री पाएको छ । मन्त्री भएका कुमार खड्का, बिन्दुकुमार थापा र रामजीप्रसाद बराल कास्कीका हुन् । माओवादी केन्द्रका बराल कास्की क्षेत्र नम्बर ३ (क) तथा कांग्रेसका बिन्दुकुमार कास्की क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् । त्यस्तै कांग्रेसका खड्का समानुपातिक सांसद हुन् । कास्कीले तीन मन्त्री पाएपछि जिल्लावासी खुसी भएका छन् ।
गण्डकी प्रदेशमा सत्ता साझेदार जसपाले शुक्रबार मन्त्रीहरूको शपथ कार्यक्रम बहिष्कार गरेको छ । सरकारको नेतृत्व गरेको कांग्रेसले पूर्वसहमतिअनुसार थप एक मन्त्री जसपालाई नदिएपछि शपथ कार्यक्रम बहिष्कार गरिएको हो । दुई सांसद मात्र रहेको जसपालाई कांग्रेसले सुरुमा अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको थियो । पछि अर्थ मन्त्रालयमा माओवादीसँगको विवाद देखाएर कांग्रेसले दुई मन्त्रालय जसरी पनि दिने प्रतिबद्धता पुनः जनायो । तर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला जसपालाई छुटाएपछि ऊ असन्तुष्ट बनेको छ । कांग्रेसले सहमति उल्लंघन गरेर धोका दिएकाले शपथ बहिष्कार गरेको जसपाले जनाएको छ । नागरिक दैनिकमा सन्देश श्रेष्ठले समाचार लेखेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया