SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ६९६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको कित्ता परिवर्तन भएको छ । लामो समय एमाले वरिष्ठ नेता माधवकुमार नेपालको साथमा रहेका उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा पुगेका हुन् ।

    विश्वस्त स्रोतका अनुसार रावलले एमालेमा महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरी ओलीले पक्षमा पारेका हुन् ।

    रावलले यसअघि सांसद पदबाट राजीनामा दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । उनी त्यतिबेलासम्म माधव नेपालसँग निकै असन्तुष्ट भइसकेका थिए ।

    एमालेभित्र पकडका हिसाबले तेस्रो शक्तिशाली बनेका रावलको कित्ता परिवर्तनले शक्ति सन्तुलनमा निकै फरक ल्याउने देखिएको छ । उनीसहित ११ सांसदले विश्वासको मतको पक्ष र विपक्ष कतै मतदान गरेनन् । रावल सुदूरपश्चिम र कर्णाली प्रदेशमा राम्रो पकड बनाएर शक्तिशाली देखिएका छन् ।

    यसैगरी, रावलको कित्ता परिवर्तनले एमालेभित्र तरंग नै ल्याएको छ । माधव नेपाल पक्ष गम्भीर भएको छ । रावललाई ओली पक्षमा जान नदिन माधव नेपालले प्रयास गरेका थिए । तर, उनी सफल हुन सकेनन् । अझैपनि रावललाई तान्न नेपाल पक्ष सक्रिय भएको छ ।

    बामदेव गौतम नेपाल पक्षमा गएपछि रावल असन्तुष्ट थिए । त्यसमाथि प्रेमबहादुर आले नेपाल पक्षमा पुगेपछि रावल रुष्ट छन् । उनी माधव नेपालसँगको दशकौं लामो सहकार्य तोडेर ओली पक्षमा पुगेका छन् । केही दिनमै उनले महत्वपूर्ण जिम्मेवारी पाउने घोषणा हुने बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं