SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२ गते
    ८८१ &#२३४६;&#२३३५;&#२३२५;

    सरकारले काठमाडौँमा भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिनुभयो ।

    खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो । अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो । चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो ।

    यस्तै चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवासमा आज अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले खोप सहायताका निम्ति चिनियाँ सरकारप्रति आभार प्रकट गर्दै कोभिड–१९ विरुद्धको प्रतिकार्य र पुनःआरोग्य प्राप्तिमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । राजदूत यान्छीले खोपसहायतालगायत अन्य माध्यमबाट पनि कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा चीनबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं